४ पुस २०८२, शुक्रबार | December 19, 2025

बैंकिङ कसूरमा पक्राउ



काठमाडौं । बैंकिङ कसूर मुद्दाका फरार व्यक्तिलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी) को टोलीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भक्तपुरको मध्यपुरथिमी–७ बस्ने ४१ वर्षीय राम ज्यापु र काठमाडौँ बूढानीलकण्ठका प्रकाश बुढाथोकी रहेका छन् । रामविरुद्ध परेको मुद्दामा उच्च अदालत पाटनले गत भदौमा ११ लाख ५० हजार जरिवाना र तीन दिन कैद हुने ठहर गरेको थियो ।

सोही मुद्दामा काठमाडौँ बूढानीलकण्ठ नगरपालिका–११ पैयूँटार बस्ने ४४ वर्षीय प्रकाश बुढाथोकीलाई पनि बिहीबार प्रहरीले पक्राउ गरेको छ । उनलाई अदालतबाट १० लाख ५० हजार जरिवाना र सात दिन कैद हुने ठहर भएको थियो । सजाय बेरुजू रही दुवै जना फरार हुँदै आएका थिए ।

उनले आफ्नो खातामा रकम मौज्दात नभएको भन्ने जानीजानी चेक काटी दिएकोमा बैंकमा सो चेकबाट रकम भुक्तान हुन नसकी चेक बाउन्स भएको थियो ।

पक्राउ परेका दुवै जानालाई कैद भुक्तानको लागि बिहीबार केन्द्रीय कारागार कार्यालय सुन्धारामा पठाइएको छ ।

प्रकाशित मिति : १९ असार २०७७, शुक्रबार  ९ : २० बजे

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको

रिहा भएपछि रविले भने – केही समय धैर्य गर्नुहोला, मैले धेरै कुरा भन्न बाँकी छ

भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज