२३ फाल्गुन २०८२, शनिबार | March 7, 2026

ओली र प्रचण्डबीचको बालुवाटार छलफल सकारात्मक, भोलि बिहान फेरि बस्ने



काठमाडौं । पार्टी भित्र तिब्र अन्तसंघर्ष बढेपछि दबाबमा परेका नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा झण्डै तीन घण्टा भएको छलफल सकारात्मक भएको बताइएको छ ।

दुई अध्यक्षबीचको छलफलबाट आजै कुनै निस्कर्ष ननिस्किए पनि भोलि पुनः अर्को चरणको छलफल गर्ने सहमति भएको बुझिएको छ ।

दुई अध्यक्षबीचको छलफलमा महासचिव विष्णु पौडेल र स्थायी कमिटी सदस्य जनार्दन शर्मा पनि बसेका थिए । पौडेल र शर्मा २०७५ सालमा पार्टी एकताको अन्तिम सहमति हुने समयमा पनि साक्षीको रुपमा सँगै बसेका थिए ।

मध्यान्नदेखि सुरुभएको छलफल झण्डै तीनघण्टासम्म चलेको र त्यहाँ दुवै अध्यक्षबाट एकअर्काप्रति रहेको आशंकाका बारेमा खुलेर कुरा भएको स्रोतले दाबी गरेको छ । भोलि स्थायी कमिटी बैठक अघि एकपटक पुनः छलफल गर्न सहमति जुटेको छ ।

गत मंगलबारदेखि पार्टीभित्रको अन्तसंघर्ष नाटकीय रुपमा अस्वस्थ्य ढंगले सार्वजनिक हुँदै एकले अर्कोलाई सिध्याउने स्तरसम्म गिर्दै छताछुल्ल भएपछि पार्टी फुटको अवस्थासम्म पुगेको विश्लेषण गरिएको थियो ।

बिहीबारको स्थायी कमिटी बैठक अघि प्रधानमन्त्रीले संसद अधिवेशन अन्त्यको निर्णय गरेसँगै झन बढी तनाबपूर्ण बनेको थियो ।

बुधबार साँझ प्रचण्ड–नेपालसमुहले ललितपुरको झम्सिखेलमा मोर्चाबन्दी गरेर ओलीलाई प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट हटाउनका लागि मोर्चा खोलेको थियो ।

एकले अर्कोलाई सकेजति थकाउने, गलाउने रणनीति लिएका शिर्ष नेताहरुकै कारण नेकपा पछिल्लो दिनमा चरम संकटमा फस्दै गएको छ ।

बिहीबार स्थायी कमिटी बैठकमा दुई अध्यक्षबीच छलफल गर्न नेताहरुले सुझाव दिएका थिए । त्यसै आधारमा शुक्रबार ओली र प्रचण्डबीच छलफल भएको हो ।

पार्टी एकतामै गम्भीर संकट उत्पन्न भएपछि अध्यक्षद्वय ओली र प्रचण्डबीचको यो छलफललाई धेरैले निर्णायक रुपमा विश्लेषण गरिएको छ ।

शुक्रबारको सकारात्मकै अवस्थामा रहेको छलफलमा अब एक दिनमा तलमाथि कहिँकतैबाट प्रभावित भएन भने शनिबार बस्ने छलफलले पार्टीलाई फेरि पनि एकतावद्ध बनाउन मद्धत मिल्ने एक नेताले बताए ।

प्रकाशित मिति : १९ असार २०७७, शुक्रबार  ३ : २५ बजे

सरकारको जिम्मेवारी शीघ्र हस्तान्तरण गर्नेछौँ : गृहमन्त्री अर्याल

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचनमा प्राप्त जनादेश अनुसारको सरकार

अटो दुर्घटना हुँदा चार जनाको मृत्यु, एक घाइते

चितवन । जिल्लाको कालिका नगरपालिका–९ दब्यटारस्थित भित्री सडकखण्डमा अटो दुर्घटना

‘पाँच वर्षे कार्यकाल निर्विघ्न सफल रहोस्’ भन्दै ओलीले दिए बालेन्द्रलाई बधाई

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं झापा-५ का पराजित उम्मेदवार

सुर्खेत-१ मा कांग्रेसका खड्का विजयी

सुर्खेत । सुर्खेत प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं १ मा

झापा-५ मा बालेन्द्रको ऐतिहासिक जीत, ओली ४९ हजारभन्दा बढी मतान्तरले पराजित

काठमाडौं । झापा क्षेत्र नम्बर ५ मा प्रतिनिधिसभा सदस्यको निर्वाचनमा