२३ फाल्गुन २०८२, शनिबार | March 7, 2026

काठमाडौंका ८५ वर्षीय वृद्धको कोरोना संक्रमणबाट मृत्यु, शुक्रबार मात्रै थपिए ७४० जना नयाँ संक्रमित



काठमाडौं । कोरोना भाइरसको संक्रमणकाका कारण काठमाडौंका एक जना वृद्धको मृत्यु भएको छ ।

नयाँ वानेश्वर निवासी ८५ वर्षी वृद्धको असार १७ गते राति ११ बजे एक निजी अस्पतालको आईसीयूमा मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए ।

उच्च रक्तचाप र पार्किन्सन रोगका बिरामी उनी छाती दुख्ने र पिसाबमा समस्या भएपछि अस्पताल भर्ना भएका थिए ।
यससँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या नेपालमा ३२ पुगेको छ ।

नेपालमा कोरोना भाइरसको संक्रमण पनि बढ्दो क्रममा रहेको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ७४० जना नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हरेक दिन आयोजना गर्ने नियमित प्रेस ब्रिफिङमा दिइएको जानकारी अनुसार ४ हजार ४ सय ८४ जनाको नमूना परीक्षण गरिएकोमा ७४० जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

शुक्रबार थपिएका ७४० सहित नेपालमा संक्रमितको संख्या १५ हजार २ सय ५९ पुगेको छ।

पछिल्लो २४ घण्टामा थप ८२३ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन्। यो सहित डिस्चार्ज हुनेको संख्या ६१४३ पुगेको छ।

यसैबीच, सरकारले कोरोना भाइरस परीक्षणको दायरा बढाएको छ । अब क्याक्सर र डाइबिटिजका विरामी, इमर्जेन्सी र आईसीयूमा भर्ना भएका बिरामी र पकेट एरियामा बस्नेहरुको परीक्षण गरिने मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले जानकारी दिए । यसैगरी स्वास्थ्यकर्मीहरुको पनि परीक्षण गरिने भएको छ ।

प्रकाशित मिति : १९ असार २०७७, शुक्रबार  ४ : ३३ बजे

सरकारको जिम्मेवारी शीघ्र हस्तान्तरण गर्नेछौँ : गृहमन्त्री अर्याल

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचनमा प्राप्त जनादेश अनुसारको सरकार

अटो दुर्घटना हुँदा चार जनाको मृत्यु, एक घाइते

चितवन । जिल्लाको कालिका नगरपालिका–९ दब्यटारस्थित भित्री सडकखण्डमा अटो दुर्घटना

‘पाँच वर्षे कार्यकाल निर्विघ्न सफल रहोस्’ भन्दै ओलीले दिए बालेन्द्रलाई बधाई

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं झापा-५ का पराजित उम्मेदवार

सुर्खेत-१ मा कांग्रेसका खड्का विजयी

सुर्खेत । सुर्खेत प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं १ मा

झापा-५ मा बालेन्द्रको ऐतिहासिक जीत, ओली ४९ हजारभन्दा बढी मतान्तरले पराजित

काठमाडौं । झापा क्षेत्र नम्बर ५ मा प्रतिनिधिसभा सदस्यको निर्वाचनमा