२३ फाल्गुन २०८२, शनिबार | March 8, 2026

नेकपा बांके कुनै गुटमा नलाग्ने, कार्यकर्तालाई कुनैपनि गुटमा नलाग्न निर्देशन



नेपालगन्ज । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विवादले फार्टी बिभाजनकै स्वरुप ग्रहण गर्न थालेपछि जिल्ला जिल्लाबाट नेताहरुलाई पार्टी बिभाजनबाट जोगिन अपिल गर्ने क्रम सुरु भएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रिय नेताहरु विवाद छताछुल्ल हुने गरि बिभाजित भईरहंदा नेकपा बाँकेले भने जिल्ला स्थित कार्यकर्ताहरुलाई कुनै पनि गुटमा नलाग्न निर्देशन दिएको छ । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली समर्थकहरुले देशब्यापी प्रदर्शन गरेकै दिन जिल्ला पार्टीले जिल्लाका कार्यकर्ताहरुलाई कुनै गुटमा नलाग्न निर्देशन दिएको हो ।

जिल्ल कमिटीको तर्फबाट अपिल प्रकाशित गर्दै नेकपा बांकेले पार्टी हित विपरित गतिविधि नगर्न नेता कार्यकर्तालाई अपील गरेको छ । नेपाली जनताले चहाएको शान्ति, समृद्धि र एकता तर्फ देश अगाडी बढी रहेको समयमा पार्टीको निर्णय विपरित कुनै कार्य कसैले नगर्न नेता कार्यकर्तालाई आग्रह गरिएको छ ।

अपिलमा विदेशी शक्ति र देशभित्रका प्रतिक्रियाबादीहरुले चाहेको फुटका पक्षमा कुनै पनि नेता नलाग्न अनुरोध गर्दै नेपाली राष्ट्रियताका पक्षमा जनता एकमत भएको अवस्थामा पार्टी भित्र गुटफुटका संकेत हुन नहुने उल्लेख गरिएको छ । नेकपाको सचिवालयमा नेताहरुबीच आरोप प्रत्यारोप लागिरहेका बेला बाँके जिल्लाका नेकपा नेतृत्वले अग्रज नेतालाई पार्टी एकताका भावना र आवश्यकता पुरा गर्न आग्रह समेत गरेका छन् ।

उनीहरुले अपिलमा कसैले पनि आमसंचारका माध्यम र सामाजिक सञ्जालमा पार्टी नीति विपरित कार्य नगर्न अनुरोध गर्दै पार्टी हित विपरित हुने कार्य नगर्न तथा पार्टीको नीति, विधान र निर्देशन अनुसार चल्न सबैलाई आग्रह गरेका छन् ।

नेकपा केन्द्रीय सदस्य बाँके सह इन्चार्ज मोहमद हारुन हलुवाई, बाँकेका अध्यक्ष आई.पी. खरेल र सचिव अशोक कोईराला संयुक्त रुपमा हस्ताक्षर गरी जारी गरिएको अपीलमा सुदृढ पार्टी एकता अहिलेको आवश्यकता भएकाले यसबाट दायाँबायाँ नहुन पार्टी नेतृत्वलाई अपील गरिएको छ । पार्टीको निर्णय नै अन्तिम भएकाले यसमा प्रतिवद्ध हुन समेत सबैलाई अपिल मार्फत आग्रह गरिएको छ ।

विवाद बढेसंगै जिल्लाहरुमै पहिलो पटक रुपन्देही जिल्ला कमिटी र उहां स्थित केन्द्रिय सदस्यहरुले पार्टी फुटबाट जोगाउन नेताहरुलाई अपिल गरिएको थियो ।

प्रकाशित मिति : १९ असार २०७७, शुक्रबार  ८ : ०२ बजे

सरकारको जिम्मेवारी शीघ्र हस्तान्तरण गर्नेछौँ : गृहमन्त्री अर्याल

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचनमा प्राप्त जनादेश अनुसारको सरकार

अटो दुर्घटना हुँदा चार जनाको मृत्यु, एक घाइते

चितवन । जिल्लाको कालिका नगरपालिका–९ दब्यटारस्थित भित्री सडकखण्डमा अटो दुर्घटना

‘पाँच वर्षे कार्यकाल निर्विघ्न सफल रहोस्’ भन्दै ओलीले दिए बालेन्द्रलाई बधाई

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं झापा-५ का पराजित उम्मेदवार

सुर्खेत-१ मा कांग्रेसका खड्का विजयी

सुर्खेत । सुर्खेत प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं १ मा

झापा-५ मा बालेन्द्रको ऐतिहासिक जीत, ओली ४९ हजारभन्दा बढी मतान्तरले पराजित

काठमाडौं । झापा क्षेत्र नम्बर ५ मा प्रतिनिधिसभा सदस्यको निर्वाचनमा