११ बैशाख २०८१, मंगलबार | April 23, 2024

नेकपा बांके कुनै गुटमा नलाग्ने, कार्यकर्तालाई कुनैपनि गुटमा नलाग्न निर्देशन



नेपालगन्ज । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विवादले फार्टी बिभाजनकै स्वरुप ग्रहण गर्न थालेपछि जिल्ला जिल्लाबाट नेताहरुलाई पार्टी बिभाजनबाट जोगिन अपिल गर्ने क्रम सुरु भएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रिय नेताहरु विवाद छताछुल्ल हुने गरि बिभाजित भईरहंदा नेकपा बाँकेले भने जिल्ला स्थित कार्यकर्ताहरुलाई कुनै पनि गुटमा नलाग्न निर्देशन दिएको छ । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली समर्थकहरुले देशब्यापी प्रदर्शन गरेकै दिन जिल्ला पार्टीले जिल्लाका कार्यकर्ताहरुलाई कुनै गुटमा नलाग्न निर्देशन दिएको हो ।

जिल्ल कमिटीको तर्फबाट अपिल प्रकाशित गर्दै नेकपा बांकेले पार्टी हित विपरित गतिविधि नगर्न नेता कार्यकर्तालाई अपील गरेको छ । नेपाली जनताले चहाएको शान्ति, समृद्धि र एकता तर्फ देश अगाडी बढी रहेको समयमा पार्टीको निर्णय विपरित कुनै कार्य कसैले नगर्न नेता कार्यकर्तालाई आग्रह गरिएको छ ।

अपिलमा विदेशी शक्ति र देशभित्रका प्रतिक्रियाबादीहरुले चाहेको फुटका पक्षमा कुनै पनि नेता नलाग्न अनुरोध गर्दै नेपाली राष्ट्रियताका पक्षमा जनता एकमत भएको अवस्थामा पार्टी भित्र गुटफुटका संकेत हुन नहुने उल्लेख गरिएको छ । नेकपाको सचिवालयमा नेताहरुबीच आरोप प्रत्यारोप लागिरहेका बेला बाँके जिल्लाका नेकपा नेतृत्वले अग्रज नेतालाई पार्टी एकताका भावना र आवश्यकता पुरा गर्न आग्रह समेत गरेका छन् ।

उनीहरुले अपिलमा कसैले पनि आमसंचारका माध्यम र सामाजिक सञ्जालमा पार्टी नीति विपरित कार्य नगर्न अनुरोध गर्दै पार्टी हित विपरित हुने कार्य नगर्न तथा पार्टीको नीति, विधान र निर्देशन अनुसार चल्न सबैलाई आग्रह गरेका छन् ।

नेकपा केन्द्रीय सदस्य बाँके सह इन्चार्ज मोहमद हारुन हलुवाई, बाँकेका अध्यक्ष आई.पी. खरेल र सचिव अशोक कोईराला संयुक्त रुपमा हस्ताक्षर गरी जारी गरिएको अपीलमा सुदृढ पार्टी एकता अहिलेको आवश्यकता भएकाले यसबाट दायाँबायाँ नहुन पार्टी नेतृत्वलाई अपील गरिएको छ । पार्टीको निर्णय नै अन्तिम भएकाले यसमा प्रतिवद्ध हुन समेत सबैलाई अपिल मार्फत आग्रह गरिएको छ ।

विवाद बढेसंगै जिल्लाहरुमै पहिलो पटक रुपन्देही जिल्ला कमिटी र उहां स्थित केन्द्रिय सदस्यहरुले पार्टी फुटबाट जोगाउन नेताहरुलाई अपिल गरिएको थियो ।

प्रकाशित मिति : १९ असार २०७७, शुक्रबार  ८ : ०२ बजे

सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा

धनगढी । सुदूरपश्चिम प्रदेश मन्त्रिपरिषद् विस्तारमा अन्योल देखिएको छ ।

सूर्य नेपाल काठमाडौं ओपनको पहिलो दिन भुवन शीर्षस्थानमा

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गतको सातौं प्रतियोगिता,

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने राजकीय भ्रमणमा

विपिन जोशीको रिहाईको पहल गरिदिन राष्ट्रपति पौडेलको कतारी अमिरलाई आग्रह

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलमा हमासको आक्रमणपश्चात् बेपत्ता भएका

गगन थापा भन्छन्- लोकतन्त्रको विकल्प समुन्नत लोकतन्त्र नै हो

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले लोकतन्त्र दिवसको शुभकामना