२२ जेष्ठ २०८०, सोमबार | June 5, 2023

नेपाल कम्युनिष्ट पार्टी [नेकपा]को स्थायी कमिटीको बैठक २२ गते सम्मका लागि स्थगित



काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई अध्यक्षका बिच सहमति जुट्न नसकेपछि २२ गते सम्मकम लागि स्थायी कमिटी बैठक स्थगित भएको छ ।

दुई अध्यक्षले सहमति गरेर आज बैठक बस्ने भनिएपनि अध्यक्ष द्वयको दुई दिनको छलफलले निकास दिन नसकेपछि बैठक स्थगित भएको बताईएको छ ।
नेकपाभित्र सहमति जुट्न नसकेको नेताहरुले बताइरहेको बेला शनिबारका लागि तय भएको बैठक सोमबारसम्मका लागि स्थगित भएको हो ।

यस अघिको बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष केपी ओलीले सरकार ढाल्न भारतले भुमिका खेलेको सार्वजानिक कार्यक्रममा बेलेपछि त्यसको आधार प्रमाण खोज्दै बैठकमा नयां एजेण्डा थपिएको थियो । स्थायी समितिका अधिकांस सदस्यहरुले प्रधानमन्त्रीको राजिनामा र अध्यक्षबाट समेत हट्नु पर्ने माग गरेपछि पार्टीमा विवाद चरम उत्सर्गमा पुगेको थियो । प्रधानमन्त्रीले दुबै पद नछाड्ने अडान लिंदै स्थायी समितिलाई नै चुनौती दिने गरि संसद बैठक अन्त्यको बाटो अंगालेपछि विवाद अझै बढेको थियो ।

पार्टी एकतालाई बचाउन ओली निकट र पार्टीका युवा नेताहरुका बिच पटक पटक छलफल भएपनि पार्टीमा सहमतिको बिन्दु नभेटिएपछि पार्टी एकता नै संकटमा पर्ने अवस्था सिर्जना भएको आंकलन गरिएको छ ।

नेकपामा प्रधानमन्त्रीले पार्टीले सरकारलाई सहयोग नगरेको आरोप लगाउंदै आएका छन् भने माधव नेपाल र प्रचण्ड सहितका नेताहरुले पार्टी र संगठनलाई प्रधानमन्त्रीले बेवास्ता गरेको, एकल निर्णयमा चल्न खोजेको आरोप लगाउंदै आएका छन् ।
प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले गम्भीर छलफल गर्नुपर्ने भन्दै थप समय मागेपछि नेताहरु बैठक स्थगित गर्न राजी भएका हुन् ।

प्रकाशित मिति : २० असार २०७७, शनिबार  १० : २८ बजे

पाल्पा जिप दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या ५ पुग्यो

पाल्पा । पाल्पाको रैनादेवी छहरा गाउँपालिका-८, सत्यवती केवँरेछेडामा आइतबार बेलुकी

विश्पकप क्रिकेट छनौट खेल्न आज सन्दीप लामिछाने अफ्रिका जाँदै

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछाने

आज वातावरण दिवस मनाइँदै

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको मूल नारालाई स्थानीयकरण गर्दै नेपालमा यस

मुग्लिन पोखरा सडक विस्तार : डुम्रे बजारका घर भत्काउन सुरु

दमौली । पृथ्वीराजमार्ग विस्तारका लागि तनहुँको बन्दीपुर गाउँपालिका-१ स्थित डुम्रे

अकला मन्दिर पुनःनिर्माण : काम अपुरो गरेर ठेकेदार बेपत्ता

गोरखा । भूकम्पले क्षति पु¥याएको गोरखाको ऐतिहासिक, पुरातात्विक तथा धार्मिक