७ आश्विन २०८३, बुधबार | September 23, 2026

प्रदेश सरकारद्धारा रक्तसंचार केन्द्र बुटवललाई नया उपकरण प्रदान



बुटवल । प्रदेश ५ सरकारले नेपाल रेडक्रस सोसाइटी, रक्तसंचार केन्द्र बुटवललाई रगत सेपेरेसन, एजिटेटर, रेफ्रिजेरेटर, सिल्लार मेशिन र मोनिटर लगायत उपकरणहरु सहयोग गरेको छ ।

शनिबार एक कार्यक्रमका बिच बुटवल उपमहानगरपालिका वडा नं ६ का वडाअध्यक्ष जगदिशचन्द्र आचार्य, केन्द्रीय सदस्य सुदर्शन नेपाल, सल्लाहकार चित्रमान गौचन, प्रदेश ५ का सचिव कृष्ण पंगेनी, केन्द्रका जिल्ला सभापति प्रेमलाल उदासले उपकरणहरु सार्वजनिक गरेका छन ।
ब्लड बैक सुदृढीकरण अन्तरगत नेपाल सरकार पाच नम्बर प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय अन्तरगतको स्वस्थ्य निर्देशनालयको सहयोगमा मेशिन उपलब्ध भएको केन्द्रका जिल्ला सभापति प्रेमलाल उदासले बताए ।

उपकरणहरु मूल्य २९ लाख ७७ हजार ५ सय ५० रुपैया रहेको उनले बताए । यसमध्ये २० प्रतिशत रकम ब्लड बैकले ब्यहोर्ने उनले बताए । नया उपकरणहरुले डेगु, मलेरिया, क्यान्सर लगायतका बिरामिलाई आवश्यक पर्ने पिआरपि, एफएफपि रगत बनाउन सहज हुने उनले बताए ।
केन्द्रका ल्याब सदस्य सचिव जोग बहादुर गुरुङले नया उपकरण पहिलेको भन्दा दोब्बर क्षमताको भएको उनले बताए । कार्यक्रममा वडा नं ६ का वडाअध्यक्ष जगदिशचन्द्र आचार्यले विरामीहरुको रगत उपलब्ध गर्नमा केन्द्रको योगदान महत्वपुर्ण भएको भन्दै अहिले जग्गाको समस्या सबै मिलेर हल गर्नुपर्ने सुझाव दिए ।

कार्यक्रममा केन्द्रीय सदस्य सुदर्शन नेपाल, सल्लाहकार चित्रमान गौचन, प्रदेश ५ का सचिव कृष्ण पंगेनी, स्वस्थ्य निर्देशनालयका रामप्रसाद भट्टराईले सामाजिक हितमा संस्थाबाट योगदान भएको बताए ।

बुटवल केन्द्र संचालनमा रहेको उपकरण भैरहवा शाखालाई हस्तान्तरण गरिने उनले बताए । केन्द्रमा प्राविधिक र कर्मचारी गरि १४ जनाले सेवा दिदै आएका छन ।

प्रकाशित मिति : २० असार २०७७, शनिबार  ४ : १४ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई