४ पुस २०८२, शुक्रबार | December 20, 2025

शनिबार थपिए २३२ जना नयाँ संक्रमित, हालसम्म १५ हजार ४९१ जनामा कोरोना संक्रमण



काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका २३२ जना नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित नियमित प्रेस ब्रिफिङमा २३ वटा प्रयोगशालामा गरिएको ४ हजार ५० नमुना परीक्षणमा २३२ जनालाई कोरोना देखिएको मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले बताए ।

यससँगै, हालसम्म देशभर १५ हजार २५९ जना संक्रमित भएका छन् ।

हालसम्म प्रदेश १ मा ६६६ जना संक्रमित भएका छन् भने प्रदेश २ मा सबैभन्दा धेरै ४ हजार ८३ जनालाई संक्रमण पुष्टि भएको छ ।

यसैगरी, बागमती प्रदेशमा ५३५ जना, गण्डकी प्रदेशमा १ हजार ३३ जनामा कोरोना संक्रमण देखिएको छ ।

यस्तै, प्रदेश ५ मा ३ हजार ९४२ जना, कर्णाली प्रदेशमा १ हजार ५४० जना र सुदुरपश्चिम प्रदेशमा ३ हजार ५८२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

हालसम्म क्वारेन्टिनमा रहेका व्यक्तिहरुको संख्या ३३ हजार १२५ रहेको छ । आइसोलेसन सेन्टरमा ९ हजार ४२ जनाले उपचार गराइरहेका छन् ।

कोरोना भाइरस संक्रमणबाट निको भएर घर फर्किएकाहरु हालसम्म ६ हजार ४१५ जना रहेका छन् । जसमध्ये शनिबार २७२ जना डिस्चार्ज भएका छन् ।

कोरोना भाइरसको विश्वव्यापी महामारी १०० वर्ष अघि भएको स्पेनिस फ्लु पछिको सबैभन्दा ठूलो महामारी बनेको छ । महामारीबाट वच्न व्यक्ति आफै पहिलो सचेत बन्न आवश्यक देखिएको छ ।

प्रकाशित मिति : २० असार २०७७, शनिबार  ४ : ३३ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको