२३ फाल्गुन २०८२, शनिबार | March 8, 2026

शनिबार थपिए २३२ जना नयाँ संक्रमित, हालसम्म १५ हजार ४९१ जनामा कोरोना संक्रमण



काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका २३२ जना नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित नियमित प्रेस ब्रिफिङमा २३ वटा प्रयोगशालामा गरिएको ४ हजार ५० नमुना परीक्षणमा २३२ जनालाई कोरोना देखिएको मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले बताए ।

यससँगै, हालसम्म देशभर १५ हजार २५९ जना संक्रमित भएका छन् ।

हालसम्म प्रदेश १ मा ६६६ जना संक्रमित भएका छन् भने प्रदेश २ मा सबैभन्दा धेरै ४ हजार ८३ जनालाई संक्रमण पुष्टि भएको छ ।

यसैगरी, बागमती प्रदेशमा ५३५ जना, गण्डकी प्रदेशमा १ हजार ३३ जनामा कोरोना संक्रमण देखिएको छ ।

यस्तै, प्रदेश ५ मा ३ हजार ९४२ जना, कर्णाली प्रदेशमा १ हजार ५४० जना र सुदुरपश्चिम प्रदेशमा ३ हजार ५८२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

हालसम्म क्वारेन्टिनमा रहेका व्यक्तिहरुको संख्या ३३ हजार १२५ रहेको छ । आइसोलेसन सेन्टरमा ९ हजार ४२ जनाले उपचार गराइरहेका छन् ।

कोरोना भाइरस संक्रमणबाट निको भएर घर फर्किएकाहरु हालसम्म ६ हजार ४१५ जना रहेका छन् । जसमध्ये शनिबार २७२ जना डिस्चार्ज भएका छन् ।

कोरोना भाइरसको विश्वव्यापी महामारी १०० वर्ष अघि भएको स्पेनिस फ्लु पछिको सबैभन्दा ठूलो महामारी बनेको छ । महामारीबाट वच्न व्यक्ति आफै पहिलो सचेत बन्न आवश्यक देखिएको छ ।

प्रकाशित मिति : २० असार २०७७, शनिबार  ४ : ३३ बजे

सरकारको जिम्मेवारी शीघ्र हस्तान्तरण गर्नेछौँ : गृहमन्त्री अर्याल

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचनमा प्राप्त जनादेश अनुसारको सरकार

अटो दुर्घटना हुँदा चार जनाको मृत्यु, एक घाइते

चितवन । जिल्लाको कालिका नगरपालिका–९ दब्यटारस्थित भित्री सडकखण्डमा अटो दुर्घटना

‘पाँच वर्षे कार्यकाल निर्विघ्न सफल रहोस्’ भन्दै ओलीले दिए बालेन्द्रलाई बधाई

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं झापा-५ का पराजित उम्मेदवार

सुर्खेत-१ मा कांग्रेसका खड्का विजयी

सुर्खेत । सुर्खेत प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं १ मा

झापा-५ मा बालेन्द्रको ऐतिहासिक जीत, ओली ४९ हजारभन्दा बढी मतान्तरले पराजित

काठमाडौं । झापा क्षेत्र नम्बर ५ मा प्रतिनिधिसभा सदस्यको निर्वाचनमा