४ पुस २०८२, शुक्रबार | December 19, 2025

गोरखामा कोरोनाबाट मृत्यु भएका व्यक्तिको शव व्यवस्थापनमा अवरोध, प्रहरीबाट हवाईफायर



गोरखा । शनिबार बिहान मृत्यु भएका कोरोना संक्रमितको शव व्यवस्थापनमा स्थानीयबासिन्दाले अवरोध गरेपछि प्रहरीसँग झडप भएको छ । त्यसक्रममा प्रहरीले केही राउण्ड अश्रुग्याँस समेत प्रहार गरेको छ ।

गोखराको पालुङटार नगरपालिका–७ का ४४ वर्षीय पुरुषको शव व्यवस्थापन गर्ने विषयमा स्थानीय बासिन्दाले अवरोध गरेका थिए ।

जिल्ला सुरक्षा समितिले मृतकको शवलाई गोरखा नगरपालिका–१२ र शहीद लखन गाउँपालिका–१ को सीमा क्षेत्र लुदी दोभानमा व्यवस्थापन गर्ने निर्णय गरेको थियो । तर, त्यस क्षेत्रका बासिन्दाले आफ्नो क्षेत्रमा कोरोना संक्रमितको शव व्यवस्थापन गर्न पाईंदैन भन्दै विरोध गरेका थिए ।

असार १६ गते कतारबाट आएका ती पुरुषको गोरखा अस्पतालमा उपचारको क्रममा शनिबार बिहान मृत्यु भएको थियो ।

यसैबीच स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाबाट मृत्यु भएका व्यक्तिबाट कोरोना नसर्ने भन्दै शव व्यवस्थापनमा अवरोध नगर्न सबैपक्षलाई आग्रह गरेको छ ।

प्रकाशित मिति : २० असार २०७७, शनिबार  ५ : ०४ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको