२२ मंसिर २०८०, शुक्रबार | December 9, 2023

पिज्जा सेफ बागलुङे टंकको पोर्चुगलमा धमाका, १० हजार कोरोना प्रभावितलाई पिज्जा खुवाउँदै



बुटवल । कोरोना भाईरस (कोभिड–१९) को महामारीका कारण प्रभावित भएका पोर्चुगलका निम्न बर्गीय परिवारलार्ई लक्षित गरेर एक नेपालीले निःशुल्क खाना अभियान सञ्चालन गरेका छन् ।

बागलुङ दमेकका ४६ वर्षीय टंक सापकोटाले पोर्चुगलका निम्न बर्गीय परिवारका लागि निःशुल्क खाना अभियान सञ्चालन गरेका हुन् ।

इटालीयन सेफका रुपमा चर्चित सापकोटाले राजधानी लिस्बनका २५ सय परिवारका करिब १० हजारलाई निःशुल्क खाना खुवाउने अभियान सञ्चालन गरिएको जानकारी दिए ।

कोरोनाको महामारीका कारण रोजीरोटी गुमाएका लिस्बन महानगर अन्र्तगतका २४ वटै वडाका बिपद्मा परेका परिवारलाई निःशुल्क खाना खुवाउन लागिएको हो ।

“हामी एक्लैले संसार बदल्न त सक्दैनौं, तर संसार बदल्न सहयोग गर्न सक्छौं” भन्ने मूल नाराका साथ सापकोटाले कोरोनाको महामारीबाट प्रभावित भएकाहरुलाई लक्षित गरि १० हजार पिज्जा निःशुल्क खुवाउन लागेका हुन् ।

२५ बर्षदेखि सपरिवार पोर्चुगल बस्दै आएका सापकोटा इटालीयन खानाका लागि युरोपमा प्रख्यात छन् । इटालियन सेफका रुपमा चर्चित सापकोटा पाोर्चुगलका एक सफल व्यवसायी पनि हुन् ।

कोरोना महामारीबाट प्रभावित भई समस्यामा परेका परिवारलाई एक छाक मात्र भएपनि खाना खुवाएर सहयोग गरौं भन्ने उद्धेश्यले निःशुल्क खाना अभियान सञ्चालन गरिएको सापकोटाले बताए ।

“हामीले परोपकार र बिशुद्ध सेवाभावले निःशुल्क खाना अभियान सञ्चालन गरेका हौं,–‘सापकोटाले भने ।, बिपद्का बेला सामाजिक उत्तरदायित्व वहन गर्नुपर्छ, निस्वार्थ सेवा गर्नुपर्छ भनेर सकारात्मक सन्देश प्रवाह गर्ने हाम्रो प्रयास हो ।”

सापकोटाले उक्त अभियानका लागि घुम्ती शिबिरकै रुपमा खाना पकाउने ब्यबस्था मिलाएका छन् । जसका लागि ३१ हजार युरो अर्थात् झण्डै ४१ लाख नेपाली रुपैयांको लागतमा पिज्जा पकाउने चुल्हो (र्फोनो) खरिद गरि मोबाईल चुल्हो कै रुपमा सञ्चालनमा ल्याएका छन् ।

गत १६ जुन देखि लिस्बनको बेलेई बाट शुरु भएको अभियान ११ जुलाई सम्म सञ्चालन हुने सापकोटाले जानकारी दिए । घुम्ती शिबिर भएका कारण चुल्हो पू-याउने, खानाको तयारी गर्ने लगायत फिल्डमै सिंगो रेष्टुरेन्ट सञ्चाल गर्नुपर्ने हुँदा धेरै खट्नुपरेको छ । कोरोना कहरका बिच सर्तक भएर काम गर्नुपर्ने चुनौती पनि छ । तर समस्यामा परेकालाई खाना खुवाउन पाउँदा आनन्दको अनुभूति भएको छ– सापकोटाले भने ।

सापकोटाका अनुसार तयारीको काम दिनको १ बजेबाटै शुरु हुन्छ । सांझको खानालाई लक्षित गरिएकाले खाना बितरण भने सांझ ६ देखि राती १० बजेसम्म गरिएको छ ।

सापकोटाको उक्त अभियानलाई लिस्बन महानगरले समेत साथ दिएको छ । सापकोटाका अनुसार खाना बितरणको ब्यबस्थापन र संयोजन महानगरले गरिरहेको छ ।

“हाम्रो अभियानलाई महानगरले समेत बिशेष महत्व दिएर साथ दिएको छ । महानगरका उपमेयर समेत दैनिक जसो अभियानमा सहभागी हुन आउनुहुन्छ । उहांको उपस्थितीले हामीलाई थप उर्जा र हौशला मिलेको छ– सापकोटाले खुशी ब्यक्त गर्दै भने ।” महानगरका केही सरकारी कर्मचारी सहित ५ सय जनाले स्वतस्र्फूत रुपमा यो अभियानलाई स्वयंसेवकका रुपमा सघाएको सापकोटाले बताए । निःशुल्क खाना अभियानलाई महानगरका उच्च अधिकारीहरुले समेत अनुकरणीय काम गरेको भन्दै प्रशंसा गर्ने गरेको उनले सुनाए ।

उक्त अभियानमा सापकोटा सहित १५ जना कामदार खटेका छन् । एक दिनमा तीन सय पिज्जा बितरण गर्ने लक्ष्यका साथ काम भईरहेको उनी बताउंछन् । खानाको तयारी देखि लिएर पिज्जा पकाउने सबै काम फिल्डबाटै गरिएको छ ।

ताजा र गुणस्तरयुक्त खाना खुवाउने अभिप्रायले घुम्ती शिबिर सञ्चालन गरिएको सापकोटाको भनाई छ । तयार भएको खाना घर सम्मै पूयाउने ब्यबस्था समेत मिलाईएको उनले बताए । खाना पू-याउन सम्बन्धीत ब्यक्तिको घरमा पूग्दा उनिहरुले खुशी ब्यक्त गर्दै धन्यवाद दिने गरेको सापकोटाले सुनाए ।

सापकोटाको उक्त अभियानको ब्यबस्थापनमा भने अर्का नेपाली ब्यसायी लक्ष्मी प्रसाद सापकोटा जुटेका छन् । रेष्टुरेन्ट ब्यबसायी समेत रहेका उनले टंक सापकोटाको यो अभियानले नेपालीको गौरव बढाएको प्रतिक्रिया दिए । शुक्रबार सम्म १५ वटा वडाका करिब ६ हजारलाई खाना खुवाईएको सापकोटाले जानकारी दिए ।

महानगरले उपलब्ध गराएको सुचिका आधारमा गरिब तथा बिपन्न परिवारलाई खाना बितरण गरिएको छ ।
सापकोटाका अनुसार एक महिने निःशुल्क खाना अभियानका लागि करिब ९७ हजार युरो अर्थात् एक करोड बढी नेपाली रुपैयां खर्च हुने अनुमान गरिएको छ । यसरी निःशुल्क रुपमा खुवाउन लागिएको पिज्जाको प्रति मूल्य करिब ७ युरो अर्थात् नौ सय नेपाली रुपैयां पर्न आउने सापकोटाले बताए ।

सापकोटाले यसअघि पनि कोरोना महामारीबाट प्रभावित भएकाहरुका लागि आफ्नो रेष्टुरेष्टबाट भएको आम्दानीको १० प्रतिशत रकम ४ हजार ३ सय २६ युरो अर्थात् साढे ५ लाख भन्दा बढी नेपाली रुपैयां सहयोग स्वरुप प्रदान गरेका थिए । सो रकमको ५ प्रतिशत बैंको एलिमेन्टर (खाद्य बैंक) लाई र बांकी ५ प्रतिशत रकम लिस्बनका लागि अवैतनिक नेपाली बाणिज्यदूत मकर बहादुर हमालको संयोजकत्वमा गठित कोरोना राहत तथा जनचेतना समिति पोर्चुगललाई प्रदान गरेका थिए ।

सापकोटाको आफ्नै लगानीमा पोर्चुगलको राजधानी लिस्बनमा तीन वटा इटालियन र दुई नेपाली गरी पाँच रेष्टुरेन्ट सञ्चालनमा रहेका छन् । सापकोटाले सञ्चालन गरेका र्फोनोे दी ओरो रेष्टुरेन्ट विश्वकै उत्कृष्ट २० पिज्जा बनाउने रेष्टुरेन्ट मध्येको एक हो । जहाँ सुनको चुल्होमा खाना पकाईन्छ ।

संयुक्त राष्ट्रसङ्घीय सांस्कृतिक निकाय (युनेस्को) ले इटालीको प्रख्यात ‘न्यापोलितान पिज्जा’ बनाउने (दाउरा बालेर ईंटाको ताप्केमाथि पिज्जा बनाउने अद्वितीय सांस्कृतिक र खानपानको परम्परा) कलालाई विश्व सम्पदा सूचीमा समावेश गरेको छ । जसमा सापकोटाले सञ्चालन गरेका दुई वटा रेष्टुरेन्ट समेत उक्त सुचिमा समावेश भएका छन् ।

सापकोटाले सन् २०१८ मा इटालीबाट खरिद गरि ल्याएका बिश्वकै ठूलो र दूर्लभ प्रजातिको बहूमूल्य च्याउ (ह्वाइट ट्रफल) पोर्चुगलमा सार्वजनिक गरेका थिए ।

उनले इटालियन खानामा प्रर्दशन गरेको कला र प्रतिभा कै कारण दर्जनौं पुरस्कार समेत प्राप्त गर्न सफल भएका छन् । सन् २०१६ मा उनी पोर्चुगलमा युवा सिर्जनशील व्यवसायी समेत घोषित भए । सापकोटाले आफूले आर्जन गरेको ज्ञान, सीप र अनुभवलाई समेटेर इटालीयन र नेपाली खानाका विषयमा ‘सिँ सेफ’ नामक पोर्चुगिज भाषामा पुस्तक समे

प्रकाशित मिति : २० असार २०७७, शनिबार  ६ : ३४ बजे

राष्ट्रिय अनुसन्धानको नक्कली नियुक्ति पत्र दिएर जागिर खुवाउने खाँ पक्राउ

नेपालगन्ज । राष्ट्रिय अनुसन्धानको नक्कली नियुक्तिपत्र बनाएर जागिर खुवाउने एकजनालाई

झापा र वीरगञ्जबीचको खेल बराबरीमा सकियो

काठमाडौं । नेपाल सुपर लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको झापा

समझदारी, विश्वास र एकता प्रवर्द्धनमा प्रधानमन्त्रीको जोड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दक्षिण एशियाली क्षेत्रीय सहयोग

लुम्बिनीमा नेपाल-भारत साँस्कृतिक उत्सव : भारत र चीनको पक्की पुल बन्न चाहन्छौं – मन्त्री किराँती

लुम्बिनी । सँस्कृती पर्यटन तथा नागरिक उडडयन मन्त्री सुदन किराँतीले

Parliamentary Hearing Committee approves Sanil for ambassadorial post

Kathmandu: The Federal Parliament Hearing Committee on Friday unanimously approved