४ पुस २०८२, शुक्रबार | December 20, 2025

नक्कली सवारी पास देखाएर यात्रु ओसार पसार गर्ने बस चालक पक्राउ



काठमाडौं । नक्कली सवारी पास देखाएर यात्रु ओसारपसार गर्ने एक बस चालक र बसलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

नेपालगन्जबाट काठमाडौं आउदै गरेको ना ६ ख ८४४५ नम्बरको बस तथा बसका चालक बाँके कोहलपुर नगरपालिका(१२ का आशिष थापालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

महानगरीय प्रहरी वृत्त थानकोट तथा महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले नागढुंगा चेकप्वाईन्टमा जाँच गर्ने क्रममा नेपालगंजबाट काठमाडौं आएको उक्त बस जिल्ला प्रशासन कार्यालय बाँकेबाट जारी भएको पास बमोजिम आएको तथा ३७ जना यात्रु संख्याको लागि जारी भएको उक्त पास सहित आएको बसमा २४ जना यात्रुहरू रहेका फेला परेको थियो ।
उक्त पास शंकास्पद देखिएपछि जिल्ला प्रशासन कार्यालय बाँकेसँग समन्वय गर्दा उक्त पास जिल्ला प्रशासन कार्यालय बाँकेबाट जारी भएको पासको किर्ते भएको पाइएपछि बसका चालकलाई प्रहरीले पक्राउ गरेको हो ।

बसमा सवार यात्रुहरूलाई कीर्तिपुर सुन्दरीघाटस्थित राधास्वामी होल्डिङजोनमा पठाइएको र थापालाई मुलुकी अपराध संहिता, २०७४ को लिखत सम्बन्धी कसुर अन्तर्गत आवश्यक अनुसन्धान भइरहेको महानगरीय प्रहरी वृत्त थानकोटले जनाएको

प्रकाशित मिति : २० असार २०७७, शनिबार  ६ : ५१ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको