२३ फाल्गुन २०८२, शनिबार | March 8, 2026

प्रहरीलाई शारीरिक तथा मानसिक रुपमा चुस्त दुरुस्त राख्न प्रहरी तालिम केन्द्रहरूको भूमिका अहम रहने : प्रहरी महानिरीक्षक ज्ञवाली



नवलपरासी । प्रहरी महानिरीक्षक ठाकुर प्रसाद ज्ञवालीले अग्रपंक्तिमा रहेर अहोरात्र राष्ट्र र नागरिकको सेवामा समर्पित रहने प्रहरी कर्मचारीहरूलाई उचित शिक्षा र व्यावसायिक दक्षता प्रदान गरी शारीरिक तथा मानसिक रुपमा चुस्त दुरुस्त राख्न प्रहरी तालिम केन्द्रहरूको भूमिका अहम रहने बताएकाछन् ।

प्रहरी युक्ति तालिम महाविद्यालय जर्गाह नवलपरासीमा नवनिर्मित नागरिक सहायता कक्ष, डिउटी अधिकृत कक्ष तथा रिमोट कन्ट्रोल मुख्य प्रवेशद्वारको शनिबार उदघाटन गर्दै प्रहरी महानिरीक्षक ज्ञवालीले प्रहरी कर्मचारीलाई उत्कृष्ट शिक्षा, आचरण एवम् व्यवहार सिकाउने नेपाल प्रहरीका विभिन्न तालिम केन्द्रहरूमध्ये प्रहरी युक्ति तालिम महाविद्यालयको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गरे ।

उनले अझै उत्कृष्ट जनशक्ति उत्पादन गर्नेतर्फ सदैव क्रियाशील रही व्यावसायिक दक्षता प्रदर्शन गर्न महाविद्यालयमा कार्यरत प्रहरी कर्मचारीहरुलाई निर्देशन दिए ।

नेपाल प्रहरीको उच्च छविलाई कायम राख्न सबै प्रहरी कर्मचारीहरुले आफ्नो विवेक, निष्ठा र साहसको प्रदर्शन गर्दै राष्ट्र र नागरिक सेवामा समर्पित हुनुपर्नेमा प्रहरी महानिरीक्षक ज्ञवालीले जोड थियो ।

प्रहरी महानिरीक्षक ज्ञवालीले उक्त महाविद्यालय, बाह्यय पेरिमिटरको निरीक्षण गर्नुका साथै महाविद्यालयका प्रशिक्षकद्वारा प्रदर्शन गरेका विभिन्न कला तथा कौशलको अवलोकन समेत गरेका थिए ।

प्रहरी युक्ति तालिम महाविद्यालयका प्राचार्य प्रहरी वरिष्ठ उपरीक्षक बसन्त बहादुर कुँवरले कार्यक्रममा धन्यवाद ज्ञापन गरेका थिए भने प्रहरी उपरीक्षक वीर बहादुर ओलीले स्वागत मन्तव्य राखेका थिए ।

सुनवल नगरपालिका, स्थानीय बासिन्दा तथा प्रहरी युक्ति तालिम महाविद्यालयको संयुक्त सहकार्यमा उक्त नागरिक सहायता कक्ष, डिउटी अधिकृत कक्ष तथा मुख्य प्रवेशद्वारको निर्माण कार्य सम्पन्न भएको कार्यक्रममा जानकारी दिईएको थियो ।

प्रकाशित मिति : २० असार २०७७, शनिबार  ७ : १५ बजे

सरकारको जिम्मेवारी शीघ्र हस्तान्तरण गर्नेछौँ : गृहमन्त्री अर्याल

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचनमा प्राप्त जनादेश अनुसारको सरकार

अटो दुर्घटना हुँदा चार जनाको मृत्यु, एक घाइते

चितवन । जिल्लाको कालिका नगरपालिका–९ दब्यटारस्थित भित्री सडकखण्डमा अटो दुर्घटना

‘पाँच वर्षे कार्यकाल निर्विघ्न सफल रहोस्’ भन्दै ओलीले दिए बालेन्द्रलाई बधाई

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं झापा-५ का पराजित उम्मेदवार

सुर्खेत-१ मा कांग्रेसका खड्का विजयी

सुर्खेत । सुर्खेत प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं १ मा

झापा-५ मा बालेन्द्रको ऐतिहासिक जीत, ओली ४९ हजारभन्दा बढी मतान्तरले पराजित

काठमाडौं । झापा क्षेत्र नम्बर ५ मा प्रतिनिधिसभा सदस्यको निर्वाचनमा