४ पुस २०८२, शुक्रबार | December 20, 2025

‘आजदेखि सार्वजनिक गाडी चल्नेबारे निर्णय भएको छैन’ : यातायात व्यवसायी महासङ्घ



काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले सार्वजनिक यातायात सञ्चालन सम्बन्धी कुनै निर्णय नभएको स्पष्ट पारेको छ ।

आजदेखि सार्वजनिक गाडी सञ्चालन हुने भन्ने हल्ला चलेकोमा महासङ्घले यस्तो निर्णय नभएको जनाएको हो । नियमित रुपमा यस विषयमा छलफल भइरहे पनि कुनै निर्णय भइनसकेको महासङ्घका महासचिव सरोज सिटौलाले बताउनुभयो ।

सार्वजनिक यातायात सञ्चालन गर्ने विषयमा सरकार, मजदूर र व्यवसायीबीच छलफल भइरहेको उल्लेख छ । महासङ्घले गाडी सञ्चालन नहुँदा यातायात व्यवसायी, मजदूर र यात्रुलाई परेको मर्काप्रति संवेदनशील हुन सरकारलाई अनुरोधसमेत गरेको छ ।

सरकारले गत चैत ११ मा लकडाउन गरेसँगै देशभरका सार्वजनिक गाडी ठप्प छन् ।

प्रकाशित मिति : २१ असार २०७७, आइतबार  ६ : ३८ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको