२६ असार २०८२, बिहिबार | July 10, 2025

म्यानचेस्टर सिटी स्तब्ध, उपाधिपछि लिभरपुलको पहिलो जित



काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा दोस्रो स्थानको म्यानचेस्टर सिटी साउथह्याम्पटनसँग पराजित भएको छ ।

घरेलु मैदानमा भएको खेलमा साउथह्याम्पटनले पेप गार्डिवलाको टिम म्यानचेस्टर सिटीलाई १–० ले पराजित गरेको हो । साउथह्याम्पटनको जितमा १६ औँ मिनेटमा चे एडम्सले गरेको गोल नै निर्णायक बन्यो ।

यस्तै आइतबार राति नै भएको खेलमा उपाधि विजेता लिभरपुल भने विजयी भएको छ । उपाधि पक्का गरेपछिको पहिलो खेलमा म्यानचेस्टर सिटीसँग पराजित भएको लिभरपुलले त्यसपछिको खेलमा भने जित निकालेको हो ।

लिभरपुलले आइतबार राति भएको खेलमा एस्टन भिल्लालाई २–० ले पराजित गरेको हो । लिभरपुलको जितमा ७१ औँ मिनेटमा साडिओ माने र ८९ औँ मिनेटमा कर्टिस जोन्सले गोल गरे ।

जितपछि लिभरपुलको ३३ खेलबाट ८९ अंक भएको छ । यस्तै दोस्रो स्थानको म्यानचेस्टर सिटीको ६६ अंक रहेको छ ।

लिग अन्तर्गत आइतबार राति भएका अरु खेलमा बर्नली र शेफिल्ड युनाइटेडले १–१ तथा न्यूक्यासल र वेष्ट ह्याम युनाइटेडले २–२ को बराबरी खेलेका छन् ।

प्रकाशित मिति : २२ असार २०७७, सोमबार  ६ : ४७ बजे

मधेश प्रदेश सुक्खाग्रस्त क्षेत्र घोषणा

जनकपुर । मधेश प्रदेश सरकार मन्त्रिपरिषद्को आज बसेको बैठकले प्रदेशलाई

पाटन अदालतको इतिहासमा पहिलो पटक दुईवर्षे मुद्दा शून्यमा

काठमाडौँ । उच्च अदालत पाटनले पहिलो पटक दुईवर्षे मुद्दा शून्यमा

करदाता शिक्षा र कर संकलन दर बढाउन मिडियाको साथ आवश्यक

नेपालगन्ज । आन्तरिक राजश्व कार्यालयलाई करको दर भन्दा करको दायरा

संसद् भवनमा ड्रोन खसालेको आरोपमा पाँच जना नियन्त्रणमा

काठमाडौँ । सङ्घीय संसद् भवनमा ड्रोन खसालेको आरोपमा प्रहरीले पाँच

आगलागीमा परेर काठमाडौंमा एक महिलाको मृत्यु

काठमाडौं । काठमाडौं महानगरपालिका–६ चेमजुङ गल्लीस्थित एक घरमा आगलागी हुँदा