४ बैशाख २०८३, शुक्रबार | April 18, 2026

म्यानचेस्टर सिटी स्तब्ध, उपाधिपछि लिभरपुलको पहिलो जित



काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा दोस्रो स्थानको म्यानचेस्टर सिटी साउथह्याम्पटनसँग पराजित भएको छ ।

घरेलु मैदानमा भएको खेलमा साउथह्याम्पटनले पेप गार्डिवलाको टिम म्यानचेस्टर सिटीलाई १–० ले पराजित गरेको हो । साउथह्याम्पटनको जितमा १६ औँ मिनेटमा चे एडम्सले गरेको गोल नै निर्णायक बन्यो ।

यस्तै आइतबार राति नै भएको खेलमा उपाधि विजेता लिभरपुल भने विजयी भएको छ । उपाधि पक्का गरेपछिको पहिलो खेलमा म्यानचेस्टर सिटीसँग पराजित भएको लिभरपुलले त्यसपछिको खेलमा भने जित निकालेको हो ।

लिभरपुलले आइतबार राति भएको खेलमा एस्टन भिल्लालाई २–० ले पराजित गरेको हो । लिभरपुलको जितमा ७१ औँ मिनेटमा साडिओ माने र ८९ औँ मिनेटमा कर्टिस जोन्सले गोल गरे ।

जितपछि लिभरपुलको ३३ खेलबाट ८९ अंक भएको छ । यस्तै दोस्रो स्थानको म्यानचेस्टर सिटीको ६६ अंक रहेको छ ।

लिग अन्तर्गत आइतबार राति भएका अरु खेलमा बर्नली र शेफिल्ड युनाइटेडले १–१ तथा न्यूक्यासल र वेष्ट ह्याम युनाइटेडले २–२ को बराबरी खेलेका छन् ।

प्रकाशित मिति : २२ असार २०७७, सोमबार  ६ : ४७ बजे

प्रथम खजुरा गोल्डकप : जेविएम फुटबल एकेडेमी लखनउ फाइनलमा प्रवेश

नेपालगन्ज । बाँकेको खजुरामा जारी प्रथम खजुरा गोल्डकपको आजको खेलमा

बुटवलमा एकै दिन ४८ ई-रिक्सा चालक कारबाहीमा

बुटवल । बुटवलमा शुक्रबार एकै दिन ४८ जना ई-रिक्सा चालक

गगन थापा नेतृत्वको कांग्रेसलाई सर्वोच्चको आधिकारीकता

काठमाडौं । नेपाली कांग्रेसको आधिकारीकता सम्बन्धि मुद्दामा सर्वोच्च अदालतबाट गगन

आज पनि केही जिल्लामा वर्षा, अब तराई क्षेत्रमा तातो बढ्ने

काठमाडौँ । आज पनि मौसम बदली भई देशका विभिन्न क्षेत्रमा

घोषित आन्दोलनका कार्यक्रबाट पछि हट्यो एमाले

काठमाडौँ । सरकारका विरुद्ध विविन्न आन्दोलनको कार्यक्रम घोषणा गरेको नेकपा