२४ मंसिर २०८०, आइतबार | December 10, 2023

बलात्कार आरोपमा दुई जना पक्राउ



काठमाडौं । काठमाडौंको गोकर्णेश्वरमा २९ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

बलात्कार गरेको उजुरीपछि गोकर्णेश्वर नगरपालिकाको माकलबारीबाट दुई जना पक्राउ गरेको महानगरीय प्रहरीवृत्त बौद्धका प्रहरी नायब उपरीक्षक नवीन कार्कीले जानकारी दिनुभयो ।

पक्राउपर्नेमा गोकर्णेश्वर-४ बेंसीगाउँ बस्ने दोलखा गौरीशङ्कर गाउँपालिका-४ घर भएका २७ वर्षीय पासाङ शेर्पा र कागेश्वारी मनोहरा नगरपालिका-६ बस्ने सिन्धुपाल्चोक घर भएका २८ वर्षीय भुवन विष्ट रहेका छन् ।

अभियुक्तले मादक पदार्थ सेवन गरी ती महिलालाई नशालु पदार्थ खुवाई बलात्कार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जानकारी दिएको छ ।

उनीहरुलाई महानगरीय प्रहरीवृत्त बौद्धबाट खटिएको प्रहरीले पक्राउ पक्राउ गरी थप अनुसन्धान गरिरहेको छ । रासस

प्रकाशित मिति : २२ असार २०७७, सोमबार  ७ : १८ बजे

ध्रुवे हात्तीलाई रेडियोकलर जडान गरिँदै

चितवन । चितवन राष्ट्रिय निकुञ्जले जङ्गली हात्ती ध्रुवेलाई रेडियो कलर

निर्माण सामग्रीको अभावमा राहुघाट जलविद्युत् आयोजनाको काम प्रभावित

बेनी । म्याग्दीको रघुगङ्गा गाउँपालिकामा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट

यू-१९ एशिया कप : अफगानिस्तानले नेपाललाई दियो २६२ रनको लक्ष्य

काठमाडौं । एसीसी यू-१९ एशिया कप अन्तर्गतको खेलमा अफगानिस्तानले नेपाललाई

उपप्रधानमन्त्री खड्का स्वदेश फिर्ता

काठमाडौं । उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्का घानाको आक्रामा आयोजित

डुङ्गा चढेर रमाउँछन् रारा पुगेका पर्यटक

मुगु । नेपालको सबैभन्दा ठूलो र गहिरो ताल रारामा पर्यटक