५ पुस २०८२, शनिबार | December 20, 2025

लकडाउन अवधिको शुल्क उठाउन नदिए चलेका अनलाईन, अफलाईन र रेडियो टेलिभिजन कक्षा पनि बन्द गर्ने निजी बिद्यालयको चेतावनी



बुटवल । निजी बिद्यालयहरुको संगठन प्याब्सन र एन प्याब्सनले संचालनमा रहेका अनलाईन, अफलाईन तथा रेडीयो टेलभिजन कक्षाहरु पुनः सरकारको बिरोधमा बन्द गर्ने चेतावनी दिएका छन् ।

प्याब्सन र एन प्याब्सनका अध्यक्ष द्वय टिकाराम पुरी र ऋतुराज सापकोटाले बिज्ञप्ति प्रकाशित गर्दै कक्षा संचालन गर्न दिने तर शुल्क उठाउन नदिने सरकारको दोहोरो चरित्रका कारण असार २२ गतेबाट बन्द गरिएका अनलाईन, अफलाईन, रेडियो तथा टेलिभिजन कक्षाहरु बन्द गर्ने कार्यक्रम स्थगित गर्दै सरकारले माग सम्बोधन नगरे पुनः बन्दका कार्यक्रम अगाडी बढाउने जनाएका छन् ।
ऋसार १ गतेबाट बिभिन्न प्रबिधि अपनाएर निजी बिद्यालयहरुले कक्षा संचालन गर्न थालेका थिए । एन प्याब्सन र प्याब्सनले अनलाई कक्षा, अफलाईन कक्षा तथा रेडियो टेलिभिजन कक्षाको शुल्क उठाउन आफु आवद्ध बिद्यालयलाई आह्वान गरेपछि सरकारले एक्सन लिएको थियो । सरकारले लकडाउनका कारण बन्द भएको अवधिको शुल्क उठाउन नपाउने निर्देशन गरेको थियो ।
उनीहरुले निकालेको बिज्ञप्तिमा लाखौलाई रोजगारी दिएको र अर्बौं रकम बिदेशीनबाट रोक्न सफल भएको निजी शिक्षा क्षेत्रलाई सहजिकरण गर्न सरकारले नजरअन्दाज गरेको उल्लेख गरिएको छ ।

३१ लाख बिद्यार्थीहरुलाई शिक्षा प्रदान गरिरहेको निजी बिद्यालयहरुलाई अभिभावकहरुको शुल्कबाट बाँच्न बाध्य बिद्यालयहरु दायीत्व भुक्तानी समेत गर्न नसक्ने अवस्थामा पुगेको भन्दै बिज्ञप्तिमा बिद्यालयमा आश्रित शिक्षक तथा कर्मचारीहरुको दायित्व समेत निर्वाह गर्ने अवस्थामा नरहेको लेखिएको छ ।

पुरी र सापकोटाले शिक्षा, बिज्ञान तथा प्रबिधी मन्त्रीको उपस्थितीमा मन्त्रालयका पदाधिकारीसँग भएको वार्तामा सरकारले सकारात्मक सम्बोधन गर्ने आश्वासन दिएकाले कक्षा बन्द गर्ने कार्यक्रम स्थगित गरेको जनाएका छन् ।

निजी बिद्यालयले अनलाईन कक्षा सुरु गरेसँगै लकडाउनका कारण बिद्यालय बन्द रहेको अवधिको समेत शुल्क भुक्तानीका लागि अभिभावकलाई सुचना जारी गरेपछि शिक्षा तथा बिज्ञान प्रबिधी मन्त्रालयले शुल्क उठाउने काम नरोके आरवाही गर्ने चेतावनी दिएको थियो ।

प्रकाशित मिति : २२ असार २०७७, सोमबार  ११ : ३८ बजे

बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार

बागमती । बागमती प्रदेशसभाको बैठक यही पुसको तेस्रो साता बोलाउने

राहुघाट जलविद्युत् आयोजना – ९० प्रतिशत बढी भौतिक प्रगति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक

जेनजी सहिदकी आमाको सन्देश – ‘सरकारले जनताको भलो गरोस्’

काठमाडौं । जेनजी आन्दोलनका क्रममा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–८ का उमेश

देउवाले पार्टी उपसभापति र महामन्त्रीहरूसँग कुरा गर्दै

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टीका उपसभापति तथा

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता