४ पुस २०८२, शुक्रबार | December 20, 2025

नेपाल एयरलाइन्सका ३ पाइलट र ११ उडान कर्मचारीलाई कोरोना संक्रमण



काठमाडौं । नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)का पाइलटसहित उडान कर्मचारीमा कोरोना भाइरसको संक्रमण भेटिएको छ ।

निगमका ३ पाइलटसहित १४ जना उडान कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको हो । उनीहरु सबैलाई होम क्वारेन्टिनमा राखिएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले संक्रमितको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।

सामाजिक सञ्जाल ट्विटरमा ट्वीट गर्दै मन्त्री भट्टराईले सरकारले दिएको जिम्मेवारी पूरा गर्ने क्रममा निगमका कर्मचारीमा कोरोना भेटिएकोमा दुःख व्यक्त गरेका छन्।

उनले भनेका छन्, ‘संकटकालीन अवस्थामा उहाँहरुले गर्नुभएको कामको उच्च प्रशंसा गर्दछु। उहाँहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु।’

निगमका कोरोना संक्रमित कर्मचारीलाई सोल्टी होटेलभित्रै आइसोलेसनमा राखिएको छ ।

तीन जना पाइलट र सात जना उडान कर्मचारीलाई सोल्टीको आइसोलेसन रुपमा राखिएको छ ।

नेपालीको उद्धार उडान प्रारम्भ भएपछि निगमले सोल्टीलाई क्वारेन्टिन होटेलका रुपमा प्रयोग गरेको थियो ।

सोल्टी होटलमा नेपाल वायु सेवा निगमका कर्मचारी मात्र राखिएको छ । विदेशमा गरिने उद्दार उडानबाट फर्किएपछि कर्मचारीहरुलाई सोल्टीमा लगेर राख्ने गरिएको थियो ।

प्रकाशित मिति : २२ असार २०७७, सोमबार  ३ : ४९ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको