२३ फाल्गुन २०८२, शनिबार | March 8, 2026

नेपाल एयरलाइन्सका ३ पाइलट र ११ उडान कर्मचारीलाई कोरोना संक्रमण



काठमाडौं । नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)का पाइलटसहित उडान कर्मचारीमा कोरोना भाइरसको संक्रमण भेटिएको छ ।

निगमका ३ पाइलटसहित १४ जना उडान कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको हो । उनीहरु सबैलाई होम क्वारेन्टिनमा राखिएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले संक्रमितको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।

सामाजिक सञ्जाल ट्विटरमा ट्वीट गर्दै मन्त्री भट्टराईले सरकारले दिएको जिम्मेवारी पूरा गर्ने क्रममा निगमका कर्मचारीमा कोरोना भेटिएकोमा दुःख व्यक्त गरेका छन्।

उनले भनेका छन्, ‘संकटकालीन अवस्थामा उहाँहरुले गर्नुभएको कामको उच्च प्रशंसा गर्दछु। उहाँहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु।’

निगमका कोरोना संक्रमित कर्मचारीलाई सोल्टी होटेलभित्रै आइसोलेसनमा राखिएको छ ।

तीन जना पाइलट र सात जना उडान कर्मचारीलाई सोल्टीको आइसोलेसन रुपमा राखिएको छ ।

नेपालीको उद्धार उडान प्रारम्भ भएपछि निगमले सोल्टीलाई क्वारेन्टिन होटेलका रुपमा प्रयोग गरेको थियो ।

सोल्टी होटलमा नेपाल वायु सेवा निगमका कर्मचारी मात्र राखिएको छ । विदेशमा गरिने उद्दार उडानबाट फर्किएपछि कर्मचारीहरुलाई सोल्टीमा लगेर राख्ने गरिएको थियो ।

प्रकाशित मिति : २२ असार २०७७, सोमबार  ३ : ४९ बजे

सरकारको जिम्मेवारी शीघ्र हस्तान्तरण गर्नेछौँ : गृहमन्त्री अर्याल

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचनमा प्राप्त जनादेश अनुसारको सरकार

अटो दुर्घटना हुँदा चार जनाको मृत्यु, एक घाइते

चितवन । जिल्लाको कालिका नगरपालिका–९ दब्यटारस्थित भित्री सडकखण्डमा अटो दुर्घटना

‘पाँच वर्षे कार्यकाल निर्विघ्न सफल रहोस्’ भन्दै ओलीले दिए बालेन्द्रलाई बधाई

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं झापा-५ का पराजित उम्मेदवार

सुर्खेत-१ मा कांग्रेसका खड्का विजयी

सुर्खेत । सुर्खेत प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं १ मा

झापा-५ मा बालेन्द्रको ऐतिहासिक जीत, ओली ४९ हजारभन्दा बढी मतान्तरले पराजित

काठमाडौं । झापा क्षेत्र नम्बर ५ मा प्रतिनिधिसभा सदस्यको निर्वाचनमा