७ आश्विन २०८३, बुधबार | September 23, 2026

ज‍ोशीद्वारा इनरव्हिलको अध्यक्ष पदभारग्रहण



बुटवल । इनरव्हिल क्लब अफ बुटवलको वर्ष २०२०/२०२१ को अध्यक्ष पदमा निर्वाचित शोभा जोशीसहितको नया कार्यसमितिले सोमबार एक कार्यक्रमकावीच पदभारग्रहण गरेका छन । क्लबको १७ औ पद हस्तान्तरण तथा १८ औ स्थापन दिवश कार्यक्रम अन्तरगत सम्पन्न कार्यक्रममा जोशीले वर्ष २०१९/२०२० का अध्यक्ष प्रमिला श्रेष्ठबाट पदभार गरेकी हुन ।

सो अवसरमा बोल्दै नवनिर्वाचित अध्यक्ष जोशीले क्लबको नियमित कार्यक्रम बाहेक आफ्नो कार्यकालमा थप नया कार्यक्रमहरु गर्ने प्रतिवद्धता व्यक्त गरिन । उनले आफ्नो कार्यकालका लागि करिव ९ लाखको वजेट अनुमान गरेको र क्लबलाई महिलाहरुको क्षमता अभिबृद्धिका साथै शिक्षा, स्वाश्थ्यसहित समाजिक गतिविधिलाई प्राथमिकतामा राखेको जानकारी गराएकि थिइन । उनले महिलालाई आर्थिक रुपमा सबल बनाउन सीप सिकाउने तालिमहरु आफ्नो कार्यकालमा गरिने बताइन ।

कार्यक्रम इनरव्हिलका डिष्ट्रिक ३५० का निवर्तमान डिष्ट्रिक चेयरमेन समिरा ध्वजुको प्रमुख आतिथ्यतामा भएको थियो । सो अवसरमा क्लबको वर्ष २०२०/२०२१ क‍ो डाईरेक्टरी बिमोचन पनि गरिएको थियो ।

सो अवसरमा वर्ष २०१९/२०२० का सचिव सानू श्रेष्ठले वर्ष २०२०/२०२१ का सचिव सम्झना ज्ञवालीलाई क्लबको माईन्युड हस्तान्तरण गरेकि थिइन । कार्यक्रममा डिष्ट्रिक ईडिटर आसा श्रेष्ठ, संस्थापक अध्यक्ष बसुन्धरा कसजु, सल्लाहकार आमोद श्रेष्ठ, संयोजक संयोजक दुर्गा भण्डारीले महिलाहरुलाई संस्थागत रुपमा गोलवद्घ गराउदै सामाजिक कार्यमा लगाउन आग्रह गरेका थिए ।

क्लबले शिक्षा स्वस्थ्यमा सहयोग

उक्त अवसरमा क्लबले नयागाउ माविकि कक्षा ९ की सीता कुमाल, कक्षा ५ कि मन्जु कुमाललाई तथा नवीन औधोगिक माविकी कक्षा ९ का मिना मगरलाई पुर्ण छात्रवृत्ति प्रदान गरेको घोषणा गरिएको थियो ।

यसैगरि समाजसेवी दिनेश श्रेष्ठ मार्फत एलिना क्षेत्री, क्रितिका दर्लामीलाई, चन्द्रप्रकाश ध्वजु अक्षयकोषबाट तिलोतमाकी नम्रता श्रेष्ठलाई छात्रवृत्ति प्रदान गरिएक‍ो जनाइएको थियो ।

कार्यक्रममा क्लबका पूर्व अध्यक्ष भारती जोशिले छोरा सम्राटको स्मृतिमा स्थापना गरेको अक्षयकोषबाट अपाङता भएका विद्यार्थीहरुलाई सहयोग गर्ने बताईन भने निवर्तमान डिष्ट्रिक चेयरमेन समिरा ध्वजुले १ लाख बराबरको अक्षयकोषमा रकम सहयोग गर्ने घोषणा गरिन । यसैगरि न्यु होराईजन माविमार्फत उद्योगी ज्ञानेन्द्र कशजुले क्लबलाई गरिबविपन्न परिवारका छात्रछात्राहरुलाई आर्थिक सहयोगका लागि अक्षयकोष स्थापना गर्न २ लाख ५० हजार सहयोग गरेको भन्दै सम्मान गरिएको थियो ।

कार्यकालमा विभिन्न कार्यक्रममा सहयोग गरि योगदान दिने क्लबका सदस्यहरुलाई मायाको चिनो र सम्मानपत्रबाट सम्मान गरिएको थियो ।

प्रकाशित मिति : २३ असार २०७७, मंगलबार  ६ : ५६ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई