२४ मंसिर २०८०, आइतबार | December 11, 2023

इनर्व्हिलको देशब्यापी कबिता प्रतियोगितामा प्रथम भइन बुटवलकी रन्जु



बुटवल । देश लामो समय देखि लकडाउनमा छ यो समयमा धेरै संघ सस्थाले बिभिन्न क्रियाशिल कामहरु गरिरहेका छन् ।

यसै सन्दर्भमा इनरव्हिल क्लब अफ बालाजुले शनिवार कबिता प्रतियोगिताको आयोजना गरेको थियो । नेपाल भरी रहेका इनरव्हिल क्लव हरु विच भएको अन्तर क्लव कविता प्रतियोगीतामा बुटवलकी रन्जु गौतम प्रथम भएकी छन् , दोस्रो इनर्व्हिल लुम्बिनीकी सीता भट्टराई , इनरव्हिल भक्तपुरकी ज्योति माया क्षेत्री तृतीय भएकी छन । बिजेतालाई बन्दाबन्दी पछि एक कार्यक्रम गरि सम्मान सहित पुरस्कृत गरिने आयोजक क्लब बालाजुले जनाएको छ ।

अनलाइन माध्यम बाट आयोजना गरिएको कबिता प्रतियोगितामा इनरव्हिल क्लब अफ मिड टाउनका सह सचिव रहेकी रञ्जु गौतम घिमीरे नेपालको परिपेक्ष्यमा कोभिड १९ शिर्षकमा शार्दुलविक्रीडित छन्दमा कबिता बाचन गरेकी थिइन ।

क्लबको सक्रिय सदस्य कबिता प्रतियोगितामा प्रथम भएपछि क्लबका अध्यक्ष लक्ष्मी क्षेत्री , आई पी पी राधा भट्टराई र क्लबका अन्य सम्पुर्ण सदस्यहरुले बधाई ब्यतm गरेका छन् । क्लबले बिजेता गौतमको साहित्यिक यात्राको प्रगतिको कामना समेत व्यक्त गरेको छ ।

बिजेता गौतमले यो खुशीयाली व्यक्तिगत मात्रै नभएर सस्थागत जीत भएको बताइन् । प्रतियोगिताको निर्णायकमा वरिष्ठ साहित्यकार प्रा.डा शैलेन्द्र प्रकाश नेपाल , प्रा.डा गार्गाी शर्मा र प्रा.डा बेटी बज्राचार्य रहेका थिए ।

कार्यक्रममा ३९ जना सहभागी भएका थिए । हाल नेपालमा २५ क्लब रहेका छन् । इनरव्हिल क्लबमा देशैभरि महिलाहरु मात्रै आबद्ध रहेका छन् । बिजेता रन्जु अघिल्ला बर्षहरुमा पनि बिजेता भएको क्लबले जनाएको छ ।

बिजेताले बाचन गरेको कबिता जस्ताको तस्तै
शिर्षक – कोरोना कहर– छन्द — शार्दुलविक्रीडित

कोरोना अव छोडिदे मनुजमा, सन्त्रास फैलाउन ।
एैले विश्व डराउँदैछ भयले थालिस् तँ मौलाउन ।
तँैले गर्नु गरीस् सवै सुख हरिस् , व्यापार घट्दै गयो ।
मान्छे मौन भएर बस्छ घरमा देशै अँध्यारो भयो ।।१।।

हाहाकार जताततै छ किन हो, विज्ञान हार्दै गयो ।
विद्धान्मा पनि त्रास फैलिन गयो, आस्था अनास्था भयो ।
पैसाले पनि केही गर्न सकेनाँै, भै बेसाहारा बस्याँै ।
तेरो आयू बताईदेन कति हो दिक्दार हामी बन्यँौ ।।२।

छन् सन्तप्त दुखी बनी सडकमा, खानै नपाईकन ।
छन् वैज्ञानिक ती प्रताडित कठै ! ,देखेर त्यो दुर्दिन ।
पत्ता लाग्न सकेन कुन्नि किन हो , यै औषधी हो भनी ।
मर्दै छन् मनुवा उमेर नपुगी हे दैव के भो भनी ।।३।।

ढोका बन्द छ , छन् सवै कहरमा, छन् भोकले भर्भर
“प्यारो बास त्यतै छ जिवन दिने , फर्कीन्छु बाचे घर ।”
छाती पोल्छ विदेशका , भतभती सुन्दा मरेका कुरा ।
सीमामा अलपत्र यात्रु जन ती, छन् प्राण खोज्दै पुरा ।।४ ।।

बाटो कुर्छ बसेर देश अहिले , बन्दैछ यो जर्जर ।
चाडै गर्नु छ क्रान्ति आज कृषिमा आउँ प्रवासी घर ।
ल्याउ हे सरकार शीघ्र अब ता , नौला तिनी योजना ।
आफ्नै पौररख साथ निर्भर भई बाच्ने नयाँ सिर्जना ।। ५।।

रचयिता- रञ्जना गौतम घिमीरे
इनरव्हिल क्लव अफ मिड टाउन ,बुटवल रुपन्देही

प्रकाशित मिति : ३१ जेष्ठ २०७७, शनिबार  १० : ०७ बजे

पोखरामा सवारी दुर्घटनामा दुई युवतीको मृत्यु

पोखरा । पोखरामा आज साँझ कारले स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा

औद्योगिक विकासका लागि नीतिगत निर्णय कार्यान्वयनमा जोड

बुटवल । रुपन्देहीका उद्योगी व्यवसायीले राज्यले ठोस औद्योगिक विकासका लागि

माओवादी केन्द्रका उपमहासचिव मातृका यादव अस्पताल भर्ना

काठमाडौं। नेकपा माओवादीका केन्द्रका उपमहासचिव मातृका यादव अस्वस्थ भएर नर्भिक

अर्थतन्त्र बलियो बनाउनुपर्नेमा अध्यक्ष ओलीको जोड

काभ्रेपलाञ्चोक । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अर्थतन्त्र बलियो

शेखर कोइरालाले बोलाए गुट बैठक

काठमाडौं। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफू समूहको बैठक