८ कार्तिक २०८३, आइतबार | October 25, 2026

आधा करोड लागतमा च्याउ प्रशोधन उद्योग सञ्चालनमा



बुटवल । सबल च्याउ तथा कृषि उद्यमी समुहले बुटवल–१२ नयाँ गाउँमा च्याउ प्रशोधन, प्याकेजिङ्ग उद्योग सञ्चालनमा ल्याएको छ ।

प्रदेश ५सरकारको कृषि विकास निर्देशनालयको ५० प्रतिशत अनुदानमा कृषिवस्तुको प्रशोधन उद्योग स्थापना गरेको हो ।

बुटवल १२ नयाँ गाउँमा स्थापना भएको उद्योगमा कुल ५३ लाख ९ हजार ६ सय ५० रुपैयाँ लगानी भएको छ । जसमा कृषि विकास निर्देशनालयको कुल २४ लाख ९६ हजार ५ सय रुपैयाँ र उद्यमी समुहबाट २८ लाख १३ हजार १ सय ५० रुपैयाँ लगानी गरिएको समुहका अध्यक्ष कृष्णराज पोखरेलले जानकारी दिए ।

उद्योगले मंगलबार सार्वजनिक सुनवाई कार्यक्रम गरेको छ । संस्थाका अध्यक्ष कृष्णराज पोखरेलको अध्यक्षता र उपाध्यक्ष रिषव पोखरेलको सञ्चालनमा भएको कार्यक्रममा बुटवल उपमहानगरपालिका वडा नम्बर १२ का अध्यक्ष दुर्गाप्रसाद सुवेदीको प्रमुख आतिथ्यता रहेको थियो । सार्वजनिक सुनुवाई कार्यक्रममा संस्थाका अध्यक्ष कृष्णराज पोखरेलले उद्योग स्थापना गर्दा लागेको खर्च र उद्योगले गर्ने कार्यको बारेमा जानकारी गराएका थिए ।

प्रशोधन उद्योगमा च्याउ सुकाउने, च्याउको अचार बनाउने, च्याउको सुकुटी, सिन्की, विष्कुट, रोल, चाउमीन, च्याउको सुठो बनाउने, च्याउको तेल निकाल्ने सम्मको काम हुने उनले बताए । यसको अलवा उक्त उद्योगमा अन्य तरकारी जन्य बस्तुको प्रशोधन, प्याकेजिङ्ग, बेसारको धुलो, अदुवाको सुठो, मसला, हरियो तरकारी, चना, अचार, सस आदी समेत बनाउन सकिने छ ।

सुनवाई कार्यक्रममा बुटवल उपमहानगरपालिका वडा नम्बर १२ का अध्यक्ष दुर्गा प्रसाद सुवेदीले सफलताको शुभकामना दिएका थिए । उनले नगरपालिकाले गर्ने हरेक कृषि सम्बँन्धी सहयोग गर्ने समेत प्रतिवद्धता जनाए । कार्यक्रममा वडा नम्बर १३ का वडा सदस्य विष्णु शर्मा, बुटवल उपमहानगरपालिका कृषि विकास शाखा प्रमुख सन्तोष जिसी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

प्रकाशित मिति : २३ असार २०७७, मंगलबार  ५ : २३ बजे

ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो : स्वास्थ्यमन्त्री मेहता

धनुषा । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले धनुषाको ढल्केवरमा

बैतडीको अरिगाउँ केन्द्रविन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प

काठमाडौं । बैतडीमा आइतबार दिउँसो ४.२ म्याग्निच्युडको भूकम्प गएको छ।

मेहनत र लगानी अनुसारको मूल्य पाउँदैनन् दुग्ध किसान

घोराही । यहाँका दुग्ध उत्पादक किसानले मेहनत र लगानी अनुसारको

एनपिएल : वेष्ट इण्डिजका फेबियन एलेन सुदूरपश्चिममा अनुबन्धित

काठमाडौं । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल)को तेस्रो संस्करणका

दसैँ पछिको पहिलो कारोबारमा सुनको मूल्य तोलामा साढे एघारहजार रुपैयाँ सस्तियो

काठमाडौं । दसैँपछिको पहिलो कारोबारमा सुनको मूल्यमा भारी गिरावट आएको