३१ असार २०८३, बुधबार | July 15, 2026

आधा करोड लागतमा च्याउ प्रशोधन उद्योग सञ्चालनमा



बुटवल । सबल च्याउ तथा कृषि उद्यमी समुहले बुटवल–१२ नयाँ गाउँमा च्याउ प्रशोधन, प्याकेजिङ्ग उद्योग सञ्चालनमा ल्याएको छ ।

प्रदेश ५सरकारको कृषि विकास निर्देशनालयको ५० प्रतिशत अनुदानमा कृषिवस्तुको प्रशोधन उद्योग स्थापना गरेको हो ।

बुटवल १२ नयाँ गाउँमा स्थापना भएको उद्योगमा कुल ५३ लाख ९ हजार ६ सय ५० रुपैयाँ लगानी भएको छ । जसमा कृषि विकास निर्देशनालयको कुल २४ लाख ९६ हजार ५ सय रुपैयाँ र उद्यमी समुहबाट २८ लाख १३ हजार १ सय ५० रुपैयाँ लगानी गरिएको समुहका अध्यक्ष कृष्णराज पोखरेलले जानकारी दिए ।

उद्योगले मंगलबार सार्वजनिक सुनवाई कार्यक्रम गरेको छ । संस्थाका अध्यक्ष कृष्णराज पोखरेलको अध्यक्षता र उपाध्यक्ष रिषव पोखरेलको सञ्चालनमा भएको कार्यक्रममा बुटवल उपमहानगरपालिका वडा नम्बर १२ का अध्यक्ष दुर्गाप्रसाद सुवेदीको प्रमुख आतिथ्यता रहेको थियो । सार्वजनिक सुनुवाई कार्यक्रममा संस्थाका अध्यक्ष कृष्णराज पोखरेलले उद्योग स्थापना गर्दा लागेको खर्च र उद्योगले गर्ने कार्यको बारेमा जानकारी गराएका थिए ।

प्रशोधन उद्योगमा च्याउ सुकाउने, च्याउको अचार बनाउने, च्याउको सुकुटी, सिन्की, विष्कुट, रोल, चाउमीन, च्याउको सुठो बनाउने, च्याउको तेल निकाल्ने सम्मको काम हुने उनले बताए । यसको अलवा उक्त उद्योगमा अन्य तरकारी जन्य बस्तुको प्रशोधन, प्याकेजिङ्ग, बेसारको धुलो, अदुवाको सुठो, मसला, हरियो तरकारी, चना, अचार, सस आदी समेत बनाउन सकिने छ ।

सुनवाई कार्यक्रममा बुटवल उपमहानगरपालिका वडा नम्बर १२ का अध्यक्ष दुर्गा प्रसाद सुवेदीले सफलताको शुभकामना दिएका थिए । उनले नगरपालिकाले गर्ने हरेक कृषि सम्बँन्धी सहयोग गर्ने समेत प्रतिवद्धता जनाए । कार्यक्रममा वडा नम्बर १३ का वडा सदस्य विष्णु शर्मा, बुटवल उपमहानगरपालिका कृषि विकास शाखा प्रमुख सन्तोष जिसी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

प्रकाशित मिति : २३ असार २०७७, मंगलबार  ५ : २३ बजे

कर्णाली सरकारबाट कांग्रेस बाहिरियो, मुख्यमन्त्री कडेल संकटमा

काठमाडौं । कर्णाली प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका चारै जना

सिंहदरबार दक्षिण गेटमा विद्यार्थीको प्रदर्शन

काठमाडौं । नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियुले सिंहदरबारको दक्षिण

बागमती नदीको कटानले टौदहका बस्ती जोखिममा

कीर्तिपुर । बागमती नदीको कटानले टौदहपूर्वका केही घर परेका छन्

‘राज्यले नागरिकलाई आतंकित बनाएको’मा रास्वपा नेता मनिष झाको आपत्ति

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता मनिष झाले सञ्चार

अविरल वर्षाको असर मौरीपालनमा : रत्ननगरमा चरन क्षेत्रका मौरीघार बगायो

नारायणगढ । अविरल वर्षापछि आएको बाढीका कारण चितवनको रत्ननगर क्षेत्रमा