२४ मंसिर २०८०, आइतबार | December 11, 2023

नेकपा स्थायी कमिटी बैठक २६ गतेसम्मका लागि स्थगित



काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक आज पनि स्थगित भएको छ । पार्टीभित्र तिब्र अन्तसंघर्ष भएपछि पटकपटक स्थगित हुँदै आएको बैठक आज बिहान ११ बस्ने तय गरिएको थियो ।

पार्टी र राज्यसत्ताको नेतृत्वका विषयमा शिर्ष नेताहरुबीच अन्तर्संघर्ष चर्किएपछि नेकपा संकटमा पर्दै आएको छ । गत असार १० गतेदेखि सुरु भएको स्थायी कमिटी बैठकमा असार १६ गतेपछि पार्टीभित्रको अन्तर्संघर्षले प्रभावित हुँदै आएको छ ।

असार १६ गतेदेखि प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई दुवै पदबाट राजीनामा दिन अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एवं माधव नेपाल समुहबाट निरन्तर दबाब दिन थालिएपछि पार्टी फुटको अवस्थासम्म पुगेको छ । विवादकै कारण असार १९ गते, २२ गतेको बैठक पनि स्थगित हुँदै आएको थियो ।

बैठक २६ गते बिहान ११ बजेसम्म स्थगितको सूचना आएको स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले खबरकुरालाई बताए । नेता पौडेलले पार्टीमा शिर्ष नेतृत्व मिल्नुको विकल्प नभएको बताउँदै सहमति खोज्नैका लागि बैठक स्थगित गरिएको जानकारी दिए ।

विवाद समाधान गर्न भन्दै अध्यक्षद्वय ओली र प्रचण्डबीच यसबीचमा पटकपटक छलफल हुँदै आएको छ । तर, अहिलेसम्म पनि दुई नेताबीच कुनै सहमति हुन सकेको छैन । मंगलबार पनि दुई अध्ययक्षबीच झण्डै तीन घण्टा छलफल भएको थियो ।

प्रकाशित मिति : २४ असार २०७७, बुधबार  ९ : ३७ बजे

पोखरामा सवारी दुर्घटनामा दुई युवतीको मृत्यु

पोखरा । पोखरामा आज साँझ कारले स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा

औद्योगिक विकासका लागि नीतिगत निर्णय कार्यान्वयनमा जोड

बुटवल । रुपन्देहीका उद्योगी व्यवसायीले राज्यले ठोस औद्योगिक विकासका लागि

माओवादी केन्द्रका उपमहासचिव मातृका यादव अस्पताल भर्ना

काठमाडौं। नेकपा माओवादीका केन्द्रका उपमहासचिव मातृका यादव अस्वस्थ भएर नर्भिक

अर्थतन्त्र बलियो बनाउनुपर्नेमा अध्यक्ष ओलीको जोड

काभ्रेपलाञ्चोक । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अर्थतन्त्र बलियो

शेखर कोइरालाले बोलाए गुट बैठक

काठमाडौं। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफू समूहको बैठक