२४ फाल्गुन २०८२, आइतबार | March 8, 2026

सिन्धुपाल्चोक बाढीपहिरो अपडेट : घाइतेलाई हेलिकोप्टरबाट उद्दार गरी काठमाडौं ल्याइयो



काठमाडौं । सिन्धुपाल्चोकको बाह्रबिसेमा अविरल वर्षापछि गएराति गएको भीषण बाढी र पहिरोमा परी घाइते भएकाहरुको उद्दार कार्य जारी छ ।

काठमाडौबाट गएका दुई वटा हेलिकोप्टरमार्फत घाइतको उद्दार गरिएको हो । बाढीसँगै आएको पहिरोमा परेर घाइते भएकामध्ये चार जनालाई काठमाडौँ लगिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका एसपी प्रज्वल महर्जनले बताए।

कैलाश एयरको हेलिकोप्टरमा सुवेश तामाङ र सविता बस्नेत नामका दुई घाइतेको उद्दार गरिएको छ भने माउन्टेन एयरको हेलिकोप्टरले फुर्वा तामाङ र १० दिनको बच्चालाई उद्दार गरिएको छ ।

यसअघि सभामुख अग्निप्रसाद सापकोटासहित गएको हेलिकोप्टर भने खराब मौसमका कारण सिन्धुपाल्चोक पुग्न सकेको थियो । सो हेलिकोप्टर धुलिखेलको आकाशबाट फर्किएको थियो ।

बाह्रबिसेको जम्बुमा ठाडो खोलामा आएको बाढी आउँदा दुई जनाको मृत्यु भएको थियो भने १८ जना व्यक्ति वेपत्ता भएका छन् । अहिले पनि त्यस क्षेत्रमा उद्दारकार्य जारी रहेको छ ।

प्रकाशित मिति : २५ असार २०७७, बिहिबार  २ : १० बजे

झापाका पाँचै क्षेत्रमा रास्वपाको ‘क्लिन स्वीप’

भद्रपुर । बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा झापाका पाँचै निर्वाचन

खोटाङबाट श्रम संस्कृति पार्टीको खाता खुल्यो, आरेन राई निर्वाचित

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत खोटाङबाट श्रम संस्कृति पार्टीले पहिलो

प्रतिनिधिसभा निर्वाचनमा रास्वपाको ऐतिहासिक सफलता, १२९ क्षेत्रको नतिजा आउँदा १०० सिटमा जीत

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फ मतगणना जारी रहँदा राष्ट्रिय

इलाम-२ बाट एमाले उम्मेदवार सुहाङ निर्वाचित

इलाम । प्रतिनिधिसभा सदस्य निर्वाचनमा इलाम-२ बाट नेपाल कम्युनिष्ट पार्टी

पाल्पा-२ मा रास्वपाका थापा विजयी

तानसेन । पाल्पा-२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का डा माधवबहादुर