३१ भदौ २०८३, बुधबार | September 17, 2026

खोटाङबाट श्रम संस्कृति पार्टीको खाता खुल्यो, आरेन राई निर्वाचित



काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत खोटाङबाट श्रम संस्कृति पार्टीले पहिलो जित हात पारेको छ । हर्कराज राई नेतृत्वको उक्त पार्टीबाट उम्मेदवार बनेका आरेन राई निर्वाचित भएका हुन् ।

अन्तिम मतपरिणामअनुसार आरेन राईले १६ हजार ६१२ मत प्राप्त गर्दै विजय हासिल गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का देवविक्रम राईले १२ हजार ७१४ मत प्राप्त गरेका छन् ।

यसैगरी नेपाली कांग्रेसका वीरकाजी राईले ११ हजार ९५७ मत प्राप्त गर्दै तेस्रो स्थानमा रहेका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का हरि रोकाले ९ हजार ४४३ मत प्राप्त गरेका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का रुद्र गिरीले ५ हजार ७०४ मत प्राप्त गरेका छन् ।

यस नतिजासँगै श्रम संस्कृति पार्टीले प्रतिनिधिसभा निर्वाचनमा खोटाङबाट पहिलो सिट जित्दै आफ्नो खाता खोलेको छ ।

प्रकाशित मिति : २४ फाल्गुन २०८२, आइतबार  ८ : ३३ बजे

जलवायु परिवर्तनसम्बन्धी घरपझोङ घोषणपत्र जारी, जलवायु न्यायको माग

मुस्ताङ । ‘हिमालको आवाज, स्थानीय तह तहको सङ्कल्प र जलवायु

एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ

काठमाडौँ । अवैध हुन्डी कारोबारमा सङ्लग्न भएको आरोपमा प्रहरीले एक

सर्वोच्चले खोलिदियो महाधिवेशन गर्ने बाटो

काठमाडौँ । सर्वोच्च अदालतले नेपाली कांग्रेसको महाधिवेशन गर्ने बाटो खुला

संविधान संशोधन गर्न दुवै सदनको दुई तिहाई बहुमत हुनैपर्ने

काठमाडौं । सर्वोच्च अदालतले संविधान संशोधन गर्न दुवै सदनमा दुई

तीन महिनादेखि उडान नहुँदा सुनसान रेसुङ्गा विमानस्थल

गुल्मी । जिल्लाको एकमात्र रेसुङ्गा विमानस्थलबाट गएको तीन महिनामा कुनै