१४ श्रावण २०८३, बिहिबार | July 30, 2026

शुक्रबारदेखि जिल्लाभित्र सार्वजनिक यातायात सञ्चालन हुने, भाडा ५० प्रतिशत महंगो



काठमाडौं । सरकारले जिल्लाभित्र सार्वजनिक यातायातका साधन सञ्चालन गर्न दिने भएको छ ।

बिहीबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले हरेक जिल्लाभित्र सार्वजनिक यातायात संचालन गर्न दिने निर्णय भएको जनाएका हुन् ।

काठमाडौं उपत्यकाभित्र तीनै जिल्लामा र उपत्यका बाहिर सम्बन्धित जिल्लामा यातायात सञ्चालन हुनेपाउनेछ । तर यातायात सञ्चालन गर्दा सञ्चालकले सुरक्षाका मापदण्ड भने पूरा गरेको हुनुपर्नेछ । स्वास्थ्य मापदण्ड पालना गरी सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय भएको मन्त्री डा युवराज खतिवडाले बताए ।

सार्वजनिक यातायात चलाउँदा गाडीका सिट क्षमता भन्दा आधा मात्र यात्रु राख्न पाइने छ भने यात्रु र गाडीका कर्मचारीले मास्क लगाउनुपर्ने अनिवार्य गरिएको छ ।

सिट क्षमताको आधामात्र यात्रु राख्न पाउने भएपछि साविकको भाडा दरभन्दा ५० प्रतिशत बढी भाडा लिन पाउने गरी यातायात सञ्चालन गर्न दिन लागिएको हो ।
सबै गाडीको ढोकामा स्यानिटाइजर राख्नुपर्ने, सवारी साधनभित्र सामाजिक दुरी हुने गरी यात्रु राख्नुपर्ने नियमलाई गाडी सञ्चालकहरुले कडार्ईपूर्वक पालना गर्नुपर्नेछ ।

यसैगरी जोर–बिजोर प्रणाली अनुसार शुक्रबारदेखि नै सार्वजनिक यातायात सञ्चालन हुनसक्ने मन्त्री खतिवडाले जानकारी दिए ।

यसैगरी, चालक बाहेक दुई जनासम्म यात्रु बोक्न पाउने गरी ट्याक्सीमा सञ्चालन अनुमति पनि दिइएको छ । एकै परिवार यात्रुहरु भए पाँच वर्ष मुनिका बालबालिकाले दुई जनाबाहेक पनि चढ्न पाउनेछन् ।

प्रकाशित मिति : २५ असार २०७७, बिहिबार  ५ : ३२ बजे

वर्ल्डलिंकद्वारा ११ लाख एफटिटिएच ग्राहकको ऐतिहासिक उपलब्धि

काठमाडौं । नेपालको अग्रणी इन्टरनेट तथा डिजिटल सेवा प्रदायक वर्ल्डलिंक

राष्ट्रपतिद्वारा प्रमुख निर्वाचन आयुक्त र आयुक्त नियुक्त

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्को सिफारिसमा प्रमुख निर्वाचन

गृहमन्त्री गुरुङ सुनसरी जाँदै

काठमाडौं । गृहमन्त्री सुधन गुरुङ आज सुनसरी जाने भएका छन्

प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रका नाममा सम्बोधन गर्दै

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले बिहीबार साँझ राष्ट्रका नाममा सम्बोधन

आपसी सद्भाव र राष्ट्रिय एकता कायम राख्न राष्ट्रपतिको अपिल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवानगञ्ज गाउँपालिका–कप्तानगञ्जलगायत क्षेत्रमा हालै