५ पुस २०८२, शनिबार | December 20, 2025

नेकपाका दुई अध्यक्षले आ-आफ्नो अडान नछाडेपछि दोस्रो पुस्ताका नेताले गरे हस्तक्षेपको तयारी



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका दुई अध्यक्ष आ-आफ्ना अडानबाट टस का मस् नहल्लिए पछि दुबै अध्यक्ष निकटका दोस्रो पुस्ताका नेताहरुले नेताहरुलाई सहमतिमा ल्याउन दवाव दिन थालेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली निकटका ३ जना नेताहरु आज सहमतिको बिभिन्न बिन्दुहरु बोकेर प्रचण्ड भेट्न खुमलटार पुगेका थिए । उप प्रधानमन्त्री ईश्वर पोखरेल, संसदियदलका उप नेता सुवास नेम्वाङ र स्थायी कमिटी सदस्य एवं प्रदेश नम्कर ५ का मुख्यमन्त्री शंकर पोखरेल बिभिन्न बिकल्प सहितको प्रस्ताव लिएर प्रचण्ड निवास पुगेका थिए । प्रचण्डलाई भेट्न जानु अघि उनीहरुको प्रधानमन्त्री ओलीसंग सम्बाद भएको थियो ।

ओलीलाई सवल बनाउन नेम्वाङ शेर बहादुर देउवा भेट्न पनि देउवा निवास पुगेका थिए । ईश्वर पोखरेलले आफ्नो कुनै ओपनियन बाहिर नआएपनि मुख्यमन्त्री शंकर पोखरेलले भने सरकार भन्द्या पार्टीको जिम्म्ेवारी ठूलो हुने भन्दै ओलीलाई छाड्नै परे अध्यक्ष लिएर प्रधानमन्त्री छाड्न ओलीलाई सल्लाह दिएको कुरा बाहिर आईसकेको छ । पोखरेलले भने यो कुरा बाहिर सार्वजानिक गरेका छैनन् । उनी आफै पनि मुख्यमन्त्री र पार्टीको कुनै उच्च जिम्मेवारी मध्य कुनै रोज्नु परे सरकार छाडेर पार्टी नै रोज्नेछने भनेर उनका निकटका नेताहरुले भन्ने गरेका छन् । सम्भवत आज पनि उनले ओलीलाई लचकता अपनाउन सुझाव दिएर खुमलटार गएको अनुमान गरिएको छ ।

उता अध्यक्ष दईले एकले अर्कालाई गलाउन नसकेपछि सिंहदरवार भित्रै पार्टी बचाउने बिषयमा नेकपाका ११ जना नेताहरुका बीच छलफल भएको छ । कृषिमन्त्री घनश्याम भुषालको संयोजनमा स्थायी कमिटीका झण्डै एकदर्जन नेताहरुले बिहीबार सिंहदरबार भित्र कृषि मन्त्रालय परिषरमा छलफल गरेका छन् ।

कृषि मन्त्रालयको हलमा कृषिमन्त्री भुसालसहित प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, उर्जामन्त्री वर्षमान पुन, पर्यटनमन्त्री योगेश भट्टराई, वनमन्त्री शक्ति बस्नेत, स्थायी कमिटी सदस्यहरु सुरेन्द्र पाण्डे, टोपबहादुर रायमाझी, जनार्दन शर्मा, मणि थापा र विष्णु रिमाल सहभागी थिए ।

दोस्रो तहका नेताहरुले तत्काल सडक प्रदर्शन र आरोप प्रत्यारोप रोक्नु पर्ने निश्कर्ष निकालेका छन् । उनीहरुले पार्टी एकताको पक्षमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने तयारी समेत गरेका छन् । नेताहरुले सडक प्रदर्शन र सामाजिक सञ्जालमा आएका टिप्पणीले वातावरण थप बिग्रिएको ठहर गर्दै तत्काल ती सबै गतिबिधिहरु रोक्नु पर्नेमा जोड दिएका छन् ।

सामाजिक सञ्जालको गलत टिप्पणी र सडक प्रदर्शन रोक्न पहल गर्ने जिम्मेवारी भुषाललाई दिइएको बताईएको छ । प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीले आफु निकटका युवा बिद्यार्थी नेताहरुलाई बोलाएर आफ्नो पक्षमा प्रदर्शन गर्न निर्देशन दिए पछि देशै भर सडकमा पार्टीको विवाद पुगेको ११ जना नेताहरुको ठहर थियो ।

११ नेताहरुको बैठकले दुई अध्यक्ष बीचको बसाईलाई अझै बाक्लो बनाउने तथा परिणाममुखी बनाउन पहल गर्ने निर्णय समेत गरेको छ ।

प्रकाशित मिति : २५ असार २०७७, बिहिबार  १० : ५४ बजे

बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार

बागमती । बागमती प्रदेशसभाको बैठक यही पुसको तेस्रो साता बोलाउने

राहुघाट जलविद्युत् आयोजना – ९० प्रतिशत बढी भौतिक प्रगति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक

जेनजी सहिदकी आमाको सन्देश – ‘सरकारले जनताको भलो गरोस्’

काठमाडौं । जेनजी आन्दोलनका क्रममा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–८ का उमेश

देउवाले पार्टी उपसभापति र महामन्त्रीहरूसँग कुरा गर्दै

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टीका उपसभापति तथा

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता