१४ श्रावण २०८३, बिहिबार | July 30, 2026

‘प्रेस काउन्सिल अफ इन्डिया’ समक्ष प्रेस काउन्सिल नेपालको विरोध



काठमाडौं । भारतीय टिभी च्यानलले नेपाल र नेपालीविरुद्ध आपत्तिजनक सामग्री प्रशारण गरेको भन्दै प्रेस काउन्सिल नेपालले विरोध जनाएको छ ।

भारतका केही सञ्चारमाध्यमबाट अपुष्ट, अक्षम्य र भ्रामक सामग्री प्रशारण भएकोप्रति काउन्सिलले समकक्षी ‘प्रेस काउन्सिल अफ इन्डिया’ समक्ष गम्भीर सरोकार राखेको कार्यबाहक अध्यक्ष किशोर श्रेष्ठले जानकारी दिए ।

त्यस्तै प्रेस काउन्सिलले अफवाहपूर्ण सामग्री सम्प्रेषण गर्ने दुई अनलाइनलाई कारवाही गरेको छ ।

काउन्सिलले ‘दुःखद् खबर’ भन्दै भर्खरै नेपालबाट कतारका लागि उडेको जहाज दुर्घटना हुँदा ८७ को मृत्यु भएको भनी झुठो समाचार सम्प्रेषण गर्ने ‘मिडियाएनपिओ’ र ‘कुन्तिपुर।कम’ लाई बन्द गरेको छ ।

यसैगरी निरन्तर अश्लील पोष्ट सम्प्रेषण गर्ने ‘हिमालयन दैनिक’ पनि बन्द गरिएको छ । पटक–पटक सचेत गराउँदा पनि आफ्नो भ्युअर्स बढाउने नाममा अश्लील पोष्ट सम्प्रेषण गर्ने तर सच्चिन तयार नहुने भएपछि काउन्सिलले कारवाही गरिएको अध्यक्ष किशोर श्रेष्ठले जानकारी दिए । यससँगै प्रशारण बन्दको कार्वाहीमा पर्ने अनलाइन न्यूज पोर्टलको सङ्ख्या १०० पुगेको छ ।

प्रकाशित मिति : २६ असार २०७७, शुक्रबार  ७ : ४६ बजे

वर्ल्डलिंकद्वारा ११ लाख एफटिटिएच ग्राहकको ऐतिहासिक उपलब्धि

काठमाडौं । नेपालको अग्रणी इन्टरनेट तथा डिजिटल सेवा प्रदायक वर्ल्डलिंक

राष्ट्रपतिद्वारा प्रमुख निर्वाचन आयुक्त र आयुक्त नियुक्त

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्को सिफारिसमा प्रमुख निर्वाचन

गृहमन्त्री गुरुङ सुनसरी जाँदै

काठमाडौं । गृहमन्त्री सुधन गुरुङ आज सुनसरी जाने भएका छन्

प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रका नाममा सम्बोधन गर्दै

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले बिहीबार साँझ राष्ट्रका नाममा सम्बोधन

आपसी सद्भाव र राष्ट्रिय एकता कायम राख्न राष्ट्रपतिको अपिल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवानगञ्ज गाउँपालिका–कप्तानगञ्जलगायत क्षेत्रमा हालै