३१ असार २०८३, बुधबार | July 15, 2026

करिब ५ सय मेगावाट जलविद्युत् आयोजना बाढीका कारण बन्द



काठमाडौं । अविरल वर्षाका कारण खोला तथा नदीमा आएको बाढीका कारण करिब पाँच सय मेगावाट विद्युत् उत्पादन बन्द भएको छ ।

नेपाल विद्युत प्राधिकरण र निजी क्षेत्रको स्वामित्वमा रहेका विद्युत गृहमा क्रमश: करिब २४० र २५० मेगावाट विद्युत् उत्पादन बन्द भएको हो । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले वर्षाका कारण मुलुकभरको विद्युत् उत्पादन, प्रसारण र वितरण प्रणाली प्रभावित भएको जानकारी दिए ।

बाढीका कारण प्राधिकरणका विद्युतगृहबाट करिब ४० प्रतिशत विद्युत् उत्पादन बन्द भएको उनले बताए । ‘विद्युत उत्पादन, प्रसारण र वितरण प्रणाली प्रभावित हुँदा विद्युत् आपूर्तिमा गडबढ भएको छ । करिब ५ सय मेगावाट उत्पादन हुँदा पनि केही ठाउँमा न्यूनतम विद्युत् कटौती गरी आपूर्तिको व्यवस्थापन गरिरहेका छौं’,घिसिङले भने, ‘आफ्नो उत्पादन बन्द भएपछि कटैया, ढल्केबरबाट आयात गरी विद्युत् आपूर्तिको बन्दोबस्ती भइरहेको छ ।’

उनले बन्द रहेका विद्युत गृह, प्रसारण तथा वितरण लाइन संचालन गरी विद्युत् आपूर्तिको व्यवस्थापन गर्न प्राविधिक टोली अहोरात्र खटिरहेको जानकारी दिए। बाढीका कारण नेपालकै सबैभन्दा ठूलो १४४ मेगावाटको कालीगण्डकी ए विद्युत आयोजना शुक्रबार बिहान ८ बजेबाट बन्द भएको छ ।

कालीगण्डकी नदीमा पानीको वहाव झन् बढेर आएकाले आयोजना संचालनको मिति तोक्न नसकिने केन्द्र प्रमुख पशुपति गौतमले बताए । प्राधिकरणका ७० मेगावाटको मध्यमर्स्याङदी, १६ मेगावाटको त्रिशूली, १४ मेगावाटको देवीघाट पनि बन्द छन् । निजी क्षेत्रको ४५ मेगावाटको माथिल्लो भोटेकोसी लगायतका विद्युतगृहको करिब २४० मेगावाट विद्युत् उत्पादन भएको छ ।

भारी वर्षाले इलामको सिद्धीथुम्कामा काबेली करिडोर प्रसारण लाइनमा क्षतिपुग्दा यस लाइनमा जोडिएका विद्युत आयोजनाहरुको करिब १५० मेगावाट विद्युत उत्पादन बन्द भएको छ । भारी वर्षाका कारण प्रसारण तथा वितरण लाइनको तार चुंडिने, रुखहरु ढल्दा लाइनमा क्षति पुग्दा विद्युत् आपूर्तिमा समस्या भएको छ ।

प्रकाशित मिति : २६ असार २०७७, शुक्रबार  १२ : ०८ बजे

लुम्बिनी प्रदेशमा नवप्रवर्तन साझेदारीका ८ स्थानीय तहका परियोजना स्वीकृत

दाङ । लुम्बिनी प्रदेश सरकारअन्तर्गत प्रदेश तथा स्थानीय शासन सवलीकरण

मध्य र पश्चिम नेपालमा वर्षाको क्रम बढ्दै जाने पूर्वानुमान

काठमाडौँ । मौसमविद्ले आगामी केही दिन मध्य र पश्चिम नेपालमा

बुटवलमा सार्वजनिक भयो नयाँ टीभिएस अपाचे आरटीआर १६० फोर भी

बुटवल । बुटवलमा टीभिएस मोटर कम्पनीले नयाँ टीभिएस अपाचे आरटीआर

न्युयोर्कमा नेपाली–अमेरिकन व्यापार तथा लागानी सम्मेलन हुने

काठमाडौँ । नेपाल र अमेरिकाबीच व्यापार, लगानी, उद्यमशीलता, नवप्रवर्तन तथा

अन्तरराष्ट्रिय सम्मानले उचाल्यो नेपालगन्ज र धारा म्याराथनको साख

नेपालगन्ज । “मैले पनि सोचेको थिएन एम्सले मलाई यसरी सम्मान