४ पुस २०८२, शुक्रबार | December 19, 2025

भारतीय न्यूज टेलिभिजनको प्रसारण रोकिएकोमा सरकारले ग-यो तारिफ



काठमाडौं । भारतीय न्यूज टेलिभिजन च्यानलहरूलाई नेपालका वितरकहरूले प्रसारणमा रोक लगाएकाेमा सरकारले तारिफ गरेको छ ।

नेपालका विरूद्ध निरन्तर फेक न्यूज प्रसारण गर्दै आएका भारतीय टेलिभिजनहरू विरूद्ध सरकारले कुनै कारवाही नगरे पनि तिनीहरूको प्रसारण बन्द गरिएकोमा नेपाली वितरकहरूलाई धन्यवाद दिएको हो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गर्दै आगामी दिनमा पनि आचारसंहिता लागु गर्ने गराउने सन्दर्भमा सहयोग मिल्ने अपेक्षा गरेको छ ।

विदेशी च्यानल वितरक मल्टि सिस्टम अपरेटर (एमएसओ) हरुले बिहीबार भारतीय न्युज च्यानलहरुको प्रसारण नेपालमा बन्द गरेका थिए ।

सरकारले भारतीय न्यूज टेलिभिजनहरूमाथि कुनै कारवाही नगरेपछि वितरकहरू आफै अग्रसर भएर प्रसारण रोकेका हुन् ।

बिहीबार साँझदेखि दूरदर्शनबाहेक सबै भारतीय न्युज च्यानलको प्रसारण रोकिएको छ ।

संचार मन्त्रालयले देशको राष्ट्रियता एवं स्वाभिमानमा आँच पुर्याउने सामाग्री उत्पादन प्रकाशन तथा प्रसारण गर्न नहुने आचार संहिता रहेको स्पष्ट पारेको छ ।

नेपाल र सम्माननीय प्रधानमन्त्रीको नाम जोडेर प्रकाशित/प्रसारित कपोलकल्पित भ्रामक र दुरासययुक्त समाचारप्रति मन्त्रालयको ध्यानाकर्षण भएको भन्दै विज्ञप्तिमा यस्ता समाचारले दुईदेशबीचको मित्रवत सम्बन्धमा असर पर्नेतर्फ ध्यान पुर्याउनुपर्ने जनाइएको छ ।

भारतीय टिभी च्यानलहरुले नेपालका बारेमा फेक न्यूज प्रसारण गर्दै आएका छन् । पछिल्लो समय जि न्यूज नामको टिभीफे प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राजदूतको नाम जोडेर आपत्तिजनक रिपोर्ट प्रसारण गरेपछि सामाजिक सञ्जालमा भारतीय न्यूज टिभी रोक्नुपर्ने आवाज उठेको थियो ।

प्रकाशित मिति : २६ असार २०७७, शुक्रबार  ७ : २२ बजे

भैरहवाको मौसम प्रतिकूल भएपछि भरतपुर हुँदै रुपन्देही जाँदै रवि

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भैरहवाको मौसम

मेडिकल काउन्सिलको निर्वाचन : लुम्बिनी प्रादेशिक अस्पतालमा मतदान जारी

बुटवल । नेपाल मेडिकल काउन्सिलका उपाध्यक्ष तथा सदस्य पदका लागि

जेनजी अगुवा पुरुषोत्तम यादव रास्वपामा आबद्ध

काठमाडौं । ‘जेनजी’ अभियानका अगुवा पुरुषोत्तम यादव राष्ट्रिय स्वतन्त्र पार्टी

देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँ : मन्त्री घिसिङ

पाटन । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले देशभर स्थानीय

योजना र नतिजा विश्लेषण बिनाको खर्चले राज्यप्रति विश्वास घट्यो : उद्योगमन्त्री सिन्हा

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले योजना, प्राथमिकता