८ बैशाख २०८१, शनिबार | April 20, 2024

४३ करोड अपचलन गरी फरार रहेका सहकारी अध्यक्ष हरदेवबक्स चौधरी पक्राउ



नेपालगन्ज । नेपालगन्जको सहकारी वित्तीय सहकारी संस्थाबाट ४३ करोड रकम अपचलन गरेर फरार रहेका मुख्य अभियक्त हरदेवबक्स चौधरीलाई प्रहरीले पक्राउ गरेको छ ।

संस्थाका अध्यक्ष समेत रहेका चौधरीलाई नेपाल भारत सीमाको जमुनाहाबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।

सहकारीमा जम्मा भएको निक्षेप, बचतकर्ताहरुको रकम तथा शेयर पुजिंको रकम समेत अपचलन गरेको अभियोगमा प्रहरीले मुख्य अभियुक्तका रुपमा मुद्दा चलाएका मध्यका चौधरी सिमा पारी भारतमा लुक्दै आएका थिए । ५२ करोड कुल पुँजी रहेको सहकारीबाट ४३ करोड अपचलन भएको ठहर गर्दै प्रहरीले चौधरी सहित ४१ जना विरुद्ध मुद्दा चलाएको थियो ।

प्रहरीले यस अघि नै पक्राउ गरी अदालत पेश गरेकोमा संस्थाका प्रबन्धकसहित चार जनालाई जिल्ला अदालतले पुर्पक्षका लागि कारागारमा राख्न आदेश दिएको छ ।

जिल्ला अदालत बाँकेका न्यायाधीश धनिश्वर पौडेलको इजलाशले सहकारीका प्रमुख प्रबन्धक गोपाल भण्डारी, सहायक प्रमुख प्रबन्धक गङ्गाधर सुवेदी, बैंङिक प्रबन्धक अरुणकुमार पाठक, शाखा प्रबन्धक सुर्यबहादुर बिश्कर्मा र सह-उपसहायक बलराम यादव अदालतको आदेश अनुसार कारागारमा छन् । मुद्दामा कसुरदार मानिएका उपाध्यक्ष रबिन्द्र थापा, गौरव कुमार श्रेष्ठ र किरण श्रेष्ठ स्वयं अदालत उपस्थित भएकोमा अदालतले तीनै जनालाई पुर्पक्षका लागि कारागार पठाएकोमा किरण श्रेष्ठ उच्च अदालतको आदेशमा १५ लाख धरौतीमा छुटेका छने भने गौरब र रबिन्द्रलाई थुनामा राखिएको छ ।

प्रहरीले मुद्दा दायर गरेको मध्य नेपालगन्ज उप महानगरका २ जना वडा अध्यक्ष बिजय पाठक र दिपक वर्मा सहित २५ जनाले अदालतमा उपस्थित भई धरौटी रकम बुझाएर बसेका छन् भने ७ जना अझै फरार रहेका छन् । प्रहरीका अनुसार फरार हुनेमा संचालक बिमला गौतम, पुर्व अध्यक्ष अम्मर बहादुर खड्का, कर्मचारी सुरतराम खटीक,सारदा थापा, गंगा भुसाल, मैया केसी र संदिप शर्मा रहेका छन् ।

अत्यन्त गरिव किसानको रकम अपचलन भएको पाईएकाले कसुरदार कसैलाई पनि मुलाहिजा नगरिने बांकेका प्रहरी प्रमुख ओम रानाले बताए ।

मुद्दा कमजोर बनाउन भन्दै आवश्यक खर्च गर्नकालागि फरार अभियुक्तहरुले सिमापारी भारतको रुपैडिहाबाटै झण्डै १ करोड संकलन गरेर संस्थाका एकजना पुर्व संचालकलाई पठाएको श्रोतले बताएको छ ।

अभियुक्त मध्यका लेखा समिति सदस्य स्थिरमणि बज्राचार्य र ओमप्रकाश चौधरीसँग जनही रु २० लाख धरौटी बुझाएर छुटेका थिए ।

जिल्ला अदालत बाँकेमा सहकारीका सञ्चालक र कर्मचारी गरी ४१ जनाविरुद्ध सहकारी रकम हिनामिना, ठगी र सङ्गठित अपराधअन्तर्गत मुद्धा चलिरहेको छ । चारजना कर्मचारी र दुईजना लेखा समिति सदस्य पक्राउ परेपनि मुख्य नाईके अध्यक्ष चौधरी सहित ३५ जना अभियुक्त फरार थिए ।

file photo

बाँके प्रहरीले गठन गरेको विज्ञ समूहको सहयोगमा भएको छानबिनमा सहकारीको कूल पूँजी रु ५२ करोडबाट रु ४३ करोड अपचलन भएको दाबी गरिएको थियो ।

सहकारीका ११ हजार ९०८ निक्षेपकर्ता र एक हजार ८६० शेयरधनीमध्ये एक हजार नौ निक्षेपकर्ता र शेयर धनीले जिल्ला प्रहरी कार्यालय बाँकेमा आफ्नो रकम फिर्ता गरी अभियुक्तमाथि कारवाहीको माग गर्दै जाहेरी दिएका थिए ।

अत्यन्त न्युन आय भएको गरिव किसानहरुको निक्षप रकम अपचलन भएको भन्दै नेपालगन्जमा पटक पटक प्रदर्शन समेत भएको थियो । नेपाल राष्ट्र बैंकले सिमित बित्तीय कारोबार गर्ने अनुमति दिएको पहिलो सहकारी बैंककारुपमा रहेको संस्थामा बिगतमा पेप्सीकोलाको कारोबारमा हिनामिना गरेको ठहर गर्दै संस्थाको साधारणसभाबाट पक्राउ परेका अध्यक्ष चौधरी सहित तत्कालिन संचालक समिति सदस्यहरुलाई अयोग्य ठहर गरि संचालकबाट निस्काशन गरेको थियो । ठग्मिा संलग्न कर्मचारीहरुको सक्रियतामा अर्को साधारणसभामा कृतिम बहुमतबाट कारवाहि फुकुवा गर्दै अध्यक्ष सहितको टिम पुनः संस्थाको संचालक समितिमा आएको थियो ।

अध्यक्ष चौधरीले निक्षपकर्ताको रकम मास्ने , कर्जा भुक्तानि गर्न आउने कर्जावालको रकम खातामा जम्मा नगरि आफै खर्च गर्ने तथा ठगी गर्ने कर्मचारीको संरक्षण गर्ने गरेका थिए । कर्मचारीहरुलाई रकम अपचलन गर्न छुट दिए बापत कर्मचारीहरुले चौधरीलाई कार उपहार दिएको समेत खुलासा भएको थियो ।

वित्तीय संस्थामा एउटै व्यक्तिले ५ सयदेखि ५० लाख रुपैयाँसम्म बचत खाता र मुद्दती खातामा रकम जम्मा गरेका थिए। संस्थाको मुद्दती खातामा रकम जम्मा गर्दा दोब्बर दिने आकर्षक योजना पनि संस्थाले चलाएको थियो ।

प्रकाशित मिति : २७ असार २०७७, शनिबार  २ : २७ बजे

झुलाघाट नाका पुनः सञ्चालनमा

बैतडी । भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका पुनः सञ्चालनमा

तिलोत्तमाको जानकीनगरमा डाँफे इलेक्ट्रोनिक्स हाउस

बुटवल । उपभोक्तालाई एउटै छानोमुनी सम्पूर्ण इलेक्ट्रोनिक्सका सामान उपलब्ध गराउने

नेपालले हङकङलाई दियो १४० रनको मध्यम लक्ष्य 

काठमाडौं । नेपालले हङकङलाई १४० रनको लक्ष्य दिएको छ ।

बुटवलको मिलनचोकमा रहेको बागेश्वरी कला तथा संगित एकेडेमीले मनायो रजत जयन्ती

बुटवल । बुटवल मिलनचोकमा रहेको बागेश्वरी कला तथा संगित एकेडेमीले

सुनकोसी मरिण डाइभर्सन : सुरुङ खन्न ११० मिटर बाँकी, १८ दिनपछि ‘ब्रेक थ्रु’

काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सुनकोसी मरिण डाइभर्सन