४ पुस २०८२, शुक्रबार | December 19, 2025

शनिबार थपिए ७० जना संक्रमित, हालसम्म संक्रमितको संख्या १६ हजार ७१९ पुग्यो



काठमाडौं । विगत २४ घण्टामा कोरोना भाइरसका ७० जना नयाँ संक्रमित थपिएका छन् । धेरै दिन पछि यो संख्या दुई अंकमा झरेको छ ।

हालसम्म देशभर १६ हजार ७१९ जना संक्रमित पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जसमध्ये सक्रिय संक्रमितको संख्या ८ हजार २३९ रहेको छ ।

हालसम्म ८ हजार ४४२ जना संक्रमित अर्थात ५० दशमलव ५ प्रतिशत निको भएर घर फर्किएका छन् । शनिबारमात्रै ४३१ जना घर फर्किएका छन् ।

सरकार पछिल्लो केही दिनयता कोरोनाको पीसीआर परीक्षण घटाउँदै लगेको छ । हरेक दिन साढे ४ हजारको औषतमा परीक्षण गरिरहेको सरकारले शनिबार ३ हजार ६ सय ४८ जनाको मात्रै पीसीआर विधिबाट कोरोना परीक्षण गरेको छ ।

आजसम्म पीसीआर विधिबाट २ लाख ७९ हजार ५ सय ९९ जनाको पीसीआर परीक्षण भएको छ । अहिले देशभरीका क्वारेन्टिनमा २४ हजार ९७ जना रहेका छन् ।

प्रकाशित मिति : २७ असार २०७७, शनिबार  ४ : २५ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको