२४ फाल्गुन २०८२, आइतबार | March 8, 2026

शनिबार थपिए ७० जना संक्रमित, हालसम्म संक्रमितको संख्या १६ हजार ७१९ पुग्यो



काठमाडौं । विगत २४ घण्टामा कोरोना भाइरसका ७० जना नयाँ संक्रमित थपिएका छन् । धेरै दिन पछि यो संख्या दुई अंकमा झरेको छ ।

हालसम्म देशभर १६ हजार ७१९ जना संक्रमित पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जसमध्ये सक्रिय संक्रमितको संख्या ८ हजार २३९ रहेको छ ।

हालसम्म ८ हजार ४४२ जना संक्रमित अर्थात ५० दशमलव ५ प्रतिशत निको भएर घर फर्किएका छन् । शनिबारमात्रै ४३१ जना घर फर्किएका छन् ।

सरकार पछिल्लो केही दिनयता कोरोनाको पीसीआर परीक्षण घटाउँदै लगेको छ । हरेक दिन साढे ४ हजारको औषतमा परीक्षण गरिरहेको सरकारले शनिबार ३ हजार ६ सय ४८ जनाको मात्रै पीसीआर विधिबाट कोरोना परीक्षण गरेको छ ।

आजसम्म पीसीआर विधिबाट २ लाख ७९ हजार ५ सय ९९ जनाको पीसीआर परीक्षण भएको छ । अहिले देशभरीका क्वारेन्टिनमा २४ हजार ९७ जना रहेका छन् ।

प्रकाशित मिति : २७ असार २०७७, शनिबार  ४ : २५ बजे

राज्यका नीतिनिर्माण तहमा महिलालाई समावेश गर्न आवश्यक छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राज्यका नीतिनिर्माण तहमा महिलालाई ल्याउन

बर्दिया १ मा रास्वपाको ठाकुरसिंह थारु निर्वाचित

काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचनमा बर्दिया क्षेत्र नम्बर १

जाँचबुझ आयोगले प्रधानमन्त्रीलाई बुझायो जेनजी आन्दोलनबारेको प्रतिवेदन

काठमाडौं । जेनजी आन्दोलनसँग सम्बन्धित घटनाको छानबिन गर्न गठित जाँचबुझ

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।

१३२ स्थानको मतगणना सार्वजनिक, रास्वपाका १०४ उम्मेदवार विजयी

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी