२४ फाल्गुन २०८२, आइतबार | March 8, 2026

कोरोना भाइरस संक्रमणका कारण थप तीन जनाको मृत्यु, हालसम्म मृत्यु हुनेको संख्या ३८ पुग्यो



काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) को संक्रमणका कारण नेपालमा थप तीन जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंका २ जना र सिन्धुपाल्चोकका १ जनाको मृत्यु भएको हो ।

काठमाडौं महानरपालिका–१० शंमखुलका ६० वर्षीय पुरुष, गोकर्णेश्वर–४ का ४५ वर्षीय पुरुष र सिन्धुपाल्तचाके पाँचपोखरीका ४५ वर्षीय पुरुषको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।
कामनपा– १० शंखमुलका ६० वर्षका पुरुषीय पुरुषको असार २६ गते मृत्यु भएको हो ।

असार १६ गते फोक्सोमा पानी जमेको र मृगौला रोगको कारण पाटन अस्पताल भर्ना भएको ती पुरुषमा १७ गते स्वाव संकलन गरी परीक्षण गर्दा पोजेटिभ देखिएको थियो ।

यस्तै काठमाडौंकै गोकर्णेश्वर नगरपालिका ४ का ५४ वर्षका पुरुषको काठमाडौं मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको प्रवक्ता गौतमले पुष्टि गरे । असार १९ गते अस्पताल भर्ना भएका मृगौलाका बिरामी रहेका ती पुरुषको २५ गते निधन भएको हो । उनको असार २१ गते स्वावको नमुना संकलन गरी परीक्षण गर्दा कोरोना पुष्टि भएको थियो ।

यसैगरी सिन्धुपाल्चोक पाँचपोखरी– ६ का ४५ पुरुषको पनि कोरोना भाइरसको संक्रमणकै कारण असार २५ गते निधन भएको छ । असार १८ गते क्षयरोगको उपचारका लागि पाटन अस्पताल भर्ना भएका ती पुरुषमा असार २२ गते कोरोना पुष्टि भएको थियो ।

थपिएको तथ्याङ्कसहित नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३८ पुगेको छ ।

प्रकाशित मिति : २७ असार २०७७, शनिबार  ४ : ५७ बजे

राज्यका नीतिनिर्माण तहमा महिलालाई समावेश गर्न आवश्यक छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राज्यका नीतिनिर्माण तहमा महिलालाई ल्याउन

बर्दिया १ मा रास्वपाको ठाकुरसिंह थारु निर्वाचित

काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचनमा बर्दिया क्षेत्र नम्बर १

जाँचबुझ आयोगले प्रधानमन्त्रीलाई बुझायो जेनजी आन्दोलनबारेको प्रतिवेदन

काठमाडौं । जेनजी आन्दोलनसँग सम्बन्धित घटनाको छानबिन गर्न गठित जाँचबुझ

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।

१३२ स्थानको मतगणना सार्वजनिक, रास्वपाका १०४ उम्मेदवार विजयी

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी