५ पुस २०८२, शनिबार | December 20, 2025

बलिउडका महानायक अमिताभ बच्चनलाई कोरोना संक्रमण पुष्टि



एजेन्सी । भारतीय चलचित्र जगत बलिउडको पछिल्लो शताब्दीका महानायक अमिताभ बच्चनलाई कोरोना संक्रमण पुष्टि भएको छ । अमिताभलाई कोरोना संक्रमण पुष्टि भएपछि मुम्बईको अस्पतालमा भर्ना गरिएको छ ।

अमिताभलाई नानावटी अस्पतालमा भर्ना गरिएको भारतीय सञ्चार माध्यमले लेखेका छन् । अमिताभले आफुलाई कोरोना संक्रमण भएको उनकै ट्वीटबाट सार्वजानिक गरेका थिए । “अमिताभको कोरोना टेस्ट पनि भैसकेका छ, जसको रिपोर्टहरू सकारात्मक छन्।” भारतीय खबर पत्रिका अमर उजालाले लेखेको छ ।

अमिताभले आफ्नो ट्वीटमा भनेका छन्, ” मैले आफुलाई कोरोना पोजिटिभ पाए र अस्पतालमा भर्ना भए। परिवारका बाँकी सदस्यहरू र स्टाफहरूको जाँच भैरहेको छ र रिपोर्टको प्रतिक्षामा छ। ”

यसको साथसाथै अमिताभले पछिल्लो दस दिनमा उनलाई भेट गरेका सबैलाई उनीहरुको कोरोना टेस्ट गराउन समेत भनेका छन्।

प्रकाशित मिति : २७ असार २०७७, शनिबार  ११ : ३८ बजे

बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार

बागमती । बागमती प्रदेशसभाको बैठक यही पुसको तेस्रो साता बोलाउने

राहुघाट जलविद्युत् आयोजना – ९० प्रतिशत बढी भौतिक प्रगति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक

जेनजी सहिदकी आमाको सन्देश – ‘सरकारले जनताको भलो गरोस्’

काठमाडौं । जेनजी आन्दोलनका क्रममा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–८ का उमेश

देउवाले पार्टी उपसभापति र महामन्त्रीहरूसँग कुरा गर्दै

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टीका उपसभापति तथा

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता