३१ असार २०८३, बुधबार | July 15, 2026

रसुवागढी नाकाबाट भित्रिएको सामग्रीको भन्सार प्रक्रिया शुरू



रसुवागढी । रसुवागढी नाकाबाट नेपाल भित्रिएका चिनियाँ सामग्रीको भन्सार प्रक्रिया शुरू भएको छ ।

सामान बोकेका ४० कन्टेनर भन्सार हातामा प्रवेश गरिसकेको र तिनको भन्सार शुल्क असूली एवं जाँचपासको प्रक्रिया अगाडि बढाइएको प्रमुख भन्सार अधिकृत पुण्यविक्रम खड्काले जानकारी दिए । आयात भएका सामानमा जुत्ता, चप्पल, लत्ताकपडालगायत रहेको बताइएको छ ।

चीनको वुहान शहरमा सङ्क्रमण शुरू भएको कोभिड –१९ नियन्त्रणका लागि गत माघ १५ गतेदेखि आवतजावतसमेत बन्द गरिएको रसुवागढी नाकाबाट दुवै देशका छिमेकी अधिकारीबीच आपसी सल्लाहबाट स्वास्थ्यको उच्च सतर्कता अपनाई सामान आयात गर्न थालिएको भन्सार कार्यालयले जनाएको छ ।

आयात भएका सामग्री सहज ढुवानीका लागि वर्षाको भलपानीले अवरूद्ध स्याफ्रुबेँसी– टिमुरे खण्डको राजमार्ग दिनहुँ सफा गर्ने काम भइरहेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक इन्द्रप्रसाद सुवेदीले बताए ।

दैनिक सरदर रु तीन करोड राजश्व आय हुने रसुवागढी क्षेत्रमा कोभिड –१९ का कारण हालसम्म करीब रु पाँच अर्ब राज्यकोषलाई घाटा परिसकेको जनाइएको छ । रासस

प्रकाशित मिति : २८ असार २०७७, आइतबार  ६ : ५६ बजे

लुम्बिनी प्रदेशमा नवप्रवर्तन साझेदारीका ८ स्थानीय तहका परियोजना स्वीकृत

दाङ । लुम्बिनी प्रदेश सरकारअन्तर्गत प्रदेश तथा स्थानीय शासन सवलीकरण

मध्य र पश्चिम नेपालमा वर्षाको क्रम बढ्दै जाने पूर्वानुमान

काठमाडौँ । मौसमविद्ले आगामी केही दिन मध्य र पश्चिम नेपालमा

बुटवलमा सार्वजनिक भयो नयाँ टीभिएस अपाचे आरटीआर १६० फोर भी

बुटवल । बुटवलमा टीभिएस मोटर कम्पनीले नयाँ टीभिएस अपाचे आरटीआर

न्युयोर्कमा नेपाली–अमेरिकन व्यापार तथा लागानी सम्मेलन हुने

काठमाडौँ । नेपाल र अमेरिकाबीच व्यापार, लगानी, उद्यमशीलता, नवप्रवर्तन तथा

अन्तरराष्ट्रिय सम्मानले उचाल्यो नेपालगन्ज र धारा म्याराथनको साख

नेपालगन्ज । “मैले पनि सोचेको थिएन एम्सले मलाई यसरी सम्मान