१९ मंसिर २०८२, शुक्रबार | December 6, 2025

गएको एक महिनामा प्राकृतिक विपत्तीमा परी ८८ जनाको मृत्यु



फाइल तस्वीर काठमाडौं । गएको एक महिनामा बाढी र पहिरोको प्राकृतिक विपत्तीमा परी ८८ जनाको मृत्यु भएको छ ।

बाढी तथा पहिरोजन्य घटनामा परी अझै ३५ जना बेपत्ता रहेका छन् । जेठ ३० गतेदेखि आजसम्म विभिन्न १९ जिल्लामा बाढी र पहिरोमा परी ८८ जनाको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ ।

अहिलेसम्म म्याग्दी, सिन्धुपाल्चोक, पर्वत, बझाङ, कास्की, जाजरकोट, पाल्पा, लमजुङ, गुल्मी, झापा, चितवन, सल्यान, कालीकोट, सुर्खेत, गोरखा, स्याङ्जा, बाग्लुङ, डोटी र दार्चुला बढी प्रभावित भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

गएको जेठ ३० गते मनसुन सुरु भएपछिका ३० दिनमा ८८ जनाको ज्यान गएको हो । सबैभन्दा धेरै म्याग्दीमा २७, पर्वत र जाजरकोटमा ९/९, बझाङ र कास्कीमा ७/७ जना, गुल्मीमा ५, पाल्पा र लमजुङमा ४/४ जना, सिन्धुपाल्चोकमा ३ जनाको ज्यान गएको प्राधिकरणको तथ्याङ्क छ । त्यस्तै रुकुम पश्चिम र दार्चुलामा २/२ जना, गोरखा, स्याङजा, बाग्लुङ, डोटी, सल्यान, कालिकोट, सुर्खेत, झापा र चितवनमा एक/एक जनाले ज्यान गुमाएका छन् । सबैभन्दा धेरै भेलपहिरोले क्षति पुर्‍याएको छ ।

पर्वतको दुर्लुङमा जङ्गल माथिबाट भेलपहिरो खसेको थियो । बझाङ र गुल्मीमा पनि भेलपहिरोले क्षति गरेको प्राधिकरणले जनाएको छ । बझाङ र गुल्मी एक/एक जना बेपत्ता रहेको प्राधिकरणले जनाएको छ । त्यस्तै सिन्धुपाल्चोकमा २०, म्याग्दीमा ४, जाजरकोटमा ५ जना बेपत्ता रहेका प्राधिकरणले जनाएको छ ।

बझाङको कालंगा र बर्दियाको बबई नदीमा दुई/दुई गरी ४ जना बेपत्ता भएका छन् । तराईका विभिन्न जिल्लामा डुबान र कटानको समस्या रहेको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले बताए । बेपत्ताहरूको खोजी र प्रभावितलाई राहत तथा पुनस्थापनाको काम भैरहेको गृह मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २८ असार २०७७, आइतबार  ७ : ४६ बजे

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले