२३ फाल्गुन २०८२, शनिबार | March 7, 2026

आजको मौसम : देशभर मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना



काठमाडौं । हाल नेपालभर मनसुनी वायु सक्रिय छ । यसका साथै मनसूनी न्युन चापीय रेखा नेपालको तराई भूभाग नजिक रहेको छ ।

जसअनुसाार देशभर सामान्य बदली रही प्रदेश १, २, बागमती, गण्डकी प्रदेश, प्रदेश ५ र कर्णाली प्रदेशका केहि स्थानहरुमा मेघ गर्जन र चट्याङ्सहित वर्षा भईरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

स्याङ्जाको पुतलीबजारस्थित बर्षामापन केन्द्रमा पछिल्लो विहान साढे १ बजेदेखि ३ घण्टामा भारी बर्षामापन भएको छ ।

तसर्थ आँधीखोला, बाँधखोला लगायत साना नदीहरुमा आकस्मिक बाढी आउनुका साथै कमजोर भिरालो क्षेत्रमा पहिरो जान सक्ने विभागले जनाएको छ ।

त्यसैगरी नवलपरासीको डण्डा्स्थित बर्षामापन केन्द्रमा पनि भारी बर्षा मापन भएको र थप बर्षा हुने संभावना रहेकाले डण्डा, कावाशोती र आसपासका गिरिउवारी रअन्य स–साना नदी तटीय क्षेत्रमा बाढी आउन सक्ने सम्भावना रहेकाले सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ ।

आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरैजसो स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका थोरै स्थानहरुमा तथा गण्डकी प्रदेशका एक, दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आज राती देशभर सामान्यदेखि पूर्ण बदली रही धेरैजसो स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका एक, दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको विभागले जनाएको छ ।

प्रकाशित मिति : २९ असार २०७७, सोमबार  ६ : ५० बजे

रवीन्द्र मिश्रले लिए दलीय राजनीतिबाट ‘ब्रेक’, पार्टीका सबै जिम्मेवारीबाट राजीनामा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले दलीय

बागलुङ-२ मा रास्वपाका सोम शर्मा विजयी

बागलुङ । बागलुङ क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका

रुपन्देही–३ मा रास्वपाका लेखजङ्ग थापा निर्वाचित

भैरहवा । रुपन्देही जिल्लाको ३ नम्बर निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र

एमालेको नीति, नेतृत्व, संगठन र कार्यशैलीलाई पुनर्गठन गर्न अग्रसरता लिन्छु : विष्णु पौडेल

बुटवल । नेकपा (एमाले)का उपाध्यक्ष तथा रुपन्देही क्षेत्र नम्बर २

नेमकिपाको किल्ला भत्काउँदै भक्तपुर-१ मा रास्वपा विजयी

भक्तपुर । भक्तपुर क्षेत्र नम्बर १ मा नेपाल मजदुर किसान