४ पुस २०८२, शुक्रबार | December 20, 2025

आजको मौसम : देशभर मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना



काठमाडौं । हाल नेपालभर मनसुनी वायु सक्रिय छ । यसका साथै मनसूनी न्युन चापीय रेखा नेपालको तराई भूभाग नजिक रहेको छ ।

जसअनुसाार देशभर सामान्य बदली रही प्रदेश १, २, बागमती, गण्डकी प्रदेश, प्रदेश ५ र कर्णाली प्रदेशका केहि स्थानहरुमा मेघ गर्जन र चट्याङ्सहित वर्षा भईरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

स्याङ्जाको पुतलीबजारस्थित बर्षामापन केन्द्रमा पछिल्लो विहान साढे १ बजेदेखि ३ घण्टामा भारी बर्षामापन भएको छ ।

तसर्थ आँधीखोला, बाँधखोला लगायत साना नदीहरुमा आकस्मिक बाढी आउनुका साथै कमजोर भिरालो क्षेत्रमा पहिरो जान सक्ने विभागले जनाएको छ ।

त्यसैगरी नवलपरासीको डण्डा्स्थित बर्षामापन केन्द्रमा पनि भारी बर्षा मापन भएको र थप बर्षा हुने संभावना रहेकाले डण्डा, कावाशोती र आसपासका गिरिउवारी रअन्य स–साना नदी तटीय क्षेत्रमा बाढी आउन सक्ने सम्भावना रहेकाले सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ ।

आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरैजसो स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका थोरै स्थानहरुमा तथा गण्डकी प्रदेशका एक, दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आज राती देशभर सामान्यदेखि पूर्ण बदली रही धेरैजसो स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका एक, दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको विभागले जनाएको छ ।

प्रकाशित मिति : २९ असार २०७७, सोमबार  ६ : ५० बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको