४ पुस २०८२, शुक्रबार | December 19, 2025

तनहुँ बाढी पहिरो : ६ जनाको मृत्यु, ५ जना बेपत्ता



तनहुँ – तनहुँमा बाढी पहिरोका कारण ६ जनाको मृत्यु भएको छ । ५ जना बेपत्ता भएका छन् भने २ जना घाइते भएका छन् ।

व्यास नगरपालिकामा ३ जना, म्याग्दे गाउँपालिकामा १ जना र ऋषिङ गाउँपालिकामा १ जनाको ज्यान गएको तनहुँका प्रहरी प्रमुख अरुण पौडेलले जानकारी दिए ।

व्यास नगरपालिका-९, माँझफाँटमा केशर थापाको घरमा पहिरो जाँदा पुरिएर ४० वर्षीया कमला थापा, २४ वर्षीय मनोज थापा, २१ वर्षीया अञ्जना थापाको ज्यान गएको पौडेलले बताए । पहिरोमा परी १९ वर्षीय राजेश थापा बेपत्ता भएका छन । घरधनी केशर थापा घाइते भएका छन ।

त्यसैगरी व्यास नगरपालिका-५ मा पहिरोमा परी ६० वर्षीया मैतीकुमारी थापाको ज्यान गएको छ । म्याग्दे गाउँपालिकामा गएको पहिरोमा १७ वर्षीया लक्ष्मी वि.क र ऋषिङ गाउँपालिका-८, भैँसीखिलीमा आनबहादुर थापाको घर पहिरोले पुर्दा भेषबहादुर थापाको ज्यान गएको छ ।

अरु ४ जना बेपत्ता भएका र १ जना घाइते भएको प्रहरीले जनाएको छ । बेपत्ता हुनेहरुमा नानुमाया थापा, उनकी छोरी अमिसा थापा, मानदेव थापा र उहाँकी श्रीमती मनिसरा थापा रहेका छन् ।

घाइते ६० वर्षीया ज्योतीमाया थापाको पोखरामा उपचार भइरहेको छ । पहिरोमा बेपत्ता भएकाको स्थानीय बासिन्दा, प्रहरी र नेपाली सेनाले खोजी गरिरहेका छन् ।

प्रकाशित मिति : २९ असार २०७७, सोमबार  १ : ०२ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको