२६ जेष्ठ २०८०, शुक्रबार | June 9, 2023

सलह भगाउन टिन र थाल ठटाउँदै



प्यूठान । प्यूठानका गाउँगाउँमा फेरि सलह भित्रिएको छ । सोमबारदेखि जिल्लाका प्रायः सबैजसो क्षेत्रमा फैलिएको सलह मकैबालीमा छिरेपछि किसानले टिन र थाल ठटाउँदै सलह भगाउन थालेका छन् ।

किसानले धुवाँ बाल्ने, टिन, थाल, जर्किनलगायतका स्थानीय सामग्री ठटाउँदै सलह भगाउन खोज्दा पनि नभागेपछि किसान थप चिन्तित बनेका छन् ।

लाखौँको सङ्ख्यामा भएकाले भगाउन नसकिएको प्युठान नगरपालिका–१ का कृषक भोजबहादुर बस्नेतले बताए । उनकाअनुसार सलहले धान, मकै, तरकारी बालीमा नोक्सान पु¥याइरहेको छ । “बालीभरि ढाक्ने गरी सलह बसेको छ”, कृषक बस्नेतले भने, “हाम्रो केही उपाय लागेन ।”

प्युठान नगरपालिकाका १० वडामा सलह फैलिएको छ । पाकिस्तानबाट भारत हुँदै नेपाल प्रवेश गरेको सलह जिल्लाका गाउँगाउँमा पुगेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ (धान–जोन) प्युठानका निमित्त प्रमुख कृषि अधिकृत सुमन खनालले जानकारी दिए । ।

आइतबार सरुमारानी गाउँपालिका–१ बाङ्गेशालमा देखिएको सलह सोमबार प्युठानका गाउँगाउँमा प्रवेश गरेको थियो । सलहले प्युठान नगरपालिकासँगै जिल्लाका नौबहिनी, ऐरावती, गौमुखी, सरुमारानी, माण्डवी र भिमरुक गाउँपालिकामा बाली नष्ट गरेको अधिकृत खनालको भनाइ छ ।

कोरोनाको तनावका बीच भित्रिएको सलहले हुर्कँदै गरेको कोदो र मकैबाली नष्ट गरेपछि खाद्यान्न अभाव हुने भएपछि किसान चिन्तामा परेका छन् । क्षतिको यकिन तथ्याङ्क सङ्कलन गरी राहत दिन किसानले सरकारसँग आग्रह गरेका छन् ।

प्रकाशित मिति : ३० असार २०७७, मंगलबार  ८ : ०८ बजे

राष्ट्रपति पौडेलसँग स्विस राजदूतको बिदाइ भेट

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग स्विट्जरल्याण्डका राजदूत एलिजाबेथ भोन क्यापलरले

नागरिकता विधेयक राष्ट्रघाती – मनोज भट्ट

बुटवल । राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले राष्ट्रपति रामचन्द्र पौडेलले

राजादेखि विप्लव माओवादीसम्म अट्ने प्रणालीबारे बहस गरौं : कमल थापा

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापा पार्टी आवद्ध जनवर्गीय

न्यू होराइजन फेस्ट २०८० : एसईई टि-१० क्रिकेटको उपाधि लुम्बिनी च्यासललाई

बुटवल । एसईई परीक्षा दिएर बसेका विद्यार्थीहरूलाई रचनात्मक कार्यमा सरिक

विगतको अनुदान बालुवामा पानीजस्तै भयो, यसपटक सिधै किसानको हातमा दिन्छौँ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री तथा नेकपा  माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल