१९ मंसिर २०८२, शुक्रबार | December 6, 2025

नेपाल उद्योग वाणिज्य महासंघको बरिष्ठ उपाध्यक्ष पदमा चन्द्रप्रसाद ढकालको उम्मेदवारी



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको चुनावका लागि बरिष्ठ उपाध्यक्ष पदमा चन्द्र प्रसाद ढकाल ले उम्मेदवारी दिएका छन् । बुधबार कार्यक्रम गरेर महासंघको बरिष्ठ उपाध्यक्ष सहितको पदमा चन्द्र ढकालको समुहले प्यानल घोषणा गरेको हो । ढकालले आज चुनावी घोषणा सभामा बोल्दै आफ्नो प्यानल विजयी हुने दावी पनि गरेका छन् ।

कार्यक्रममा बोल्दै ढकालले केही महिना अघि नेतृत्वमा बसेका अधिकांश साथीहरुले वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधान हटाउनुपर्छ भन्दा त्यो प्रावधान हटाउनु हुँदैन् भनेर आँफुले लबिङ गरेको बताए ।
भविष्यमा हामीले जे गरौंला गरौंला तर अहिले वरिष्ठ उपाध्यक्ष शेखरजीले नै नेतृत्व पाउनुपर्छ भनेर मैले ठूलै मेहनत नगरेको भए आज के हुन्थ्यो, हाम्रो चाहना छ, उहाँले यो कुराको हेक्का पनि राख्नैपर्छ ढकालको भनाइ थियो ।

ढकाल हाल महासंघको उपाध्यक्ष छन । ढकाल समूहबाट उपाध्यक्षका लागि गुणनिधी तिवारी, वस्तुगत संघ समूहबाट उपाध्यक्षका लागि उमेशलाल श्रेष्ठ र एशोसिएट सदस्य समूहको उपाध्यक्षका लागि रामचन्द्र संघाई रहेका छन् ।

प्रकाशित मिति : ३० असार २०७७, मंगलबार  ३ : १२ बजे

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले