२४ फाल्गुन २०८२, आइतबार | March 8, 2026

राम जन्मभूमिले लिम्पियाधुरालाई बिषयान्तर गरियो : कांग्रेस प्रवक्ता शर्मा



काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले राम जन्मभूमिका बिषयमा प्रधानमन्त्री केपी शर्मा ओलीको अभिब्यक्तिले लिम्पियाधुरा समस्याको बिषयान्तर गरेको टिप्पणी गरेको छ । कांग्रेसले लिम्पियाधुरा छाडेर अयोध्यातिर ध्यान नमोड्न प्रधानमन्त्रीलाई आग्रह समेत गरेको छ ।

प्रधानमन्त्री ओलीले भानु जयन्ती मनाउन आयोजित कार्यक्रममा अयोध्या भारतमा नभई पर्साको ठोरीमा रहेको बताएका थिए । प्रधानमन्त्रीको अभिव्यक्ति दिएको भोलीपल्ट कांग्रेसले सरकारको कर्तव्य तत्कालीन कोरोना र कालापानी भएको बताएको छ । प्रवक्ता विश्वप्रकाश शर्माले अयोध्यातिर ध्यान नमोडेरसंसदबाट पारित नक्सामा हक कायम गर्न कूटनीतिक पहल थाल्न सरकारसँग आग्रह गररे ।

अब लिम्पियाधुरासहितका भूभाग फिर्ता ल्याउन राजनीतिक र कूटनीतिक सम्वाद गर्नुपर्नेमा सरकारले अयोध्यातिर ध्यान मोड्न खोजेको कांग्रेसको आरोप छ ।

प्रवक्ता शर्माले प्रधानमन्त्री ओली संसदले दिएको जिम्मेवारी लिम्पियाधुरासहित नेपाली भूमि फिर्ता ल्याउने प्रक्रियातिर प्रवेश गर्नेभन्दा राम जन्मभूमिको कुरा उठाएर अतिरञ्जित आनन्दमा लागेको आरोप लगाए ।

नेपालको राष्ट्रिय र प्रतिनिधिसभाले पास गरेर राष्ट्रपतिबाट समेत प्रमाणिकरण भएको कालापानी, लिम्पियाधुरा र लिपुलेक समेटिएको नक्सा अन्ुसारको भूभाग फर्काउन सरकार गम्भिर नभएको कांग्रेसले बताएको छ ।

प्रकाशित मिति : ३० असार २०७७, मंगलबार  ४ : २६ बजे

सुनसरी–१ मा श्रम संस्कृतिका हर्कराज राई निर्वाचित

धरान । सुनसरी क्षेत्र नं १ बाट श्रम संस्कृति पार्टीका

काठमाडौंमा प्रदूषण बढ्यो

काठमाडौं । काठमाडौं उपत्यकाको वायु प्रदूषण बढ्न थालेको छ ।

जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन हुन्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले भदौ २३ र २४ को

जाँचबुझ आयोगको प्रतिवेदन : गल्ती गर्नेलाई कारबाही सिफारिस

काठमाडौं । गत भदौ २३ र २४ गते भएका घटनाबारे

राज्यका नीतिनिर्माण तहमा महिलालाई समावेश गर्न आवश्यक छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राज्यका नीतिनिर्माण तहमा महिलालाई ल्याउन