३ फाल्गुन २०८२, आइतबार | February 15, 2026

हिमालय एयरलाइन्सको उद्धार उडान तालिका सार्वजनिक



काठमाडौं । हिमालय एयरलाइन्सले विभिन्न मुलुकबाट नेपाली स्वदेश फर्काउन जुलाई १५ देखि २१ सम्म चार्टर्ड उडान गर्ने भएको छ ।

विभिन्न मुलुकमा अलपत्र परेका नेपालीको उद्धार गरी नेपाल ल्याउने सरकारको निर्णयअनुरुप हिमालयले तेस्रो चरणको उद्धार उडान तालिका सार्वजनिक गरेको हो ।

हिमालयको उडान तालिकाअनुरुप जुलाई १५ मा अबुधाबी र यूएई समान एक उडान गर्नेछ भने जुलाई १८ मा पनि सोही गन्तब्यमा एक उडान हुनेछ । जुलाई १६ र २० गते साउदी अरेबियाको रियादमा एक–एक उडान गर्ने हिमालयको तालिका छ ।

त्यस्तै जुलाई १६ मा दमाममा दुई र जुलाई २० मा एक उडान हुने जनाइएको छ । बहराइनको मनामामा जुलाई १७ मा एक उडान गर्ने हिमालयले जुलाई १७, १८ र २० तारिखमा कतारको दोहामा समान एक उडन गर्ने कम्पनीले उल्लेख गरेको छ । मलेसियाको क्वालालम्पुरमा जुलाई १९ तारिखमा दुई उडान हुने र सोही गन्तव्यमा जुलाई २१ मा दुई उडान हुने हिमालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

वायुयानमा ८५ प्रतिशत अकुपेन्सी भएमा मात्र चार्टर्ड उडान हुने कम्पनीले जनाएको छ । यात्रुले पिसिआर वा आरडिटी परीक्षण नेगेटिभ रहेको प्रमाण बुकिङको समयमा अनिवार्य पेश गर्नुपर्नेछ । यात्रु नेपाल आइसकेपछि सरकारको निर्णयअनुसार अनिवार्य क्वारेन्टिनमा रहनुपर्ने पनि कम्पनीले उल्लेख गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डय मन्त्रालयले नेपालका दुई नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) र हिमालय एयरलाइन्ससहित विभिन्न विदेशी एयरलाइन्सको जुलाई १५ देखि २२ सम्म सञ्चालन हुने चार्टर्ड उडानको तालिका सार्वजनिक गरिसकेको छ ।

यस अवधिमा ४२ वटा उडान हुँदैछन् । यसमा नेपाल एयरलाइन्सको मात्रै २४ उडान हुनेछ । हिमालयको १५ भन्दा बढी चार्टर्ड उडान हुनेछ ।

सम्बन्धित मुलुकबाट एयर अरेबिया, फ्लाई दुबईले दैनिक एक उडान गर्नेछन् भने जजिरा एयरले दैनिक दुई उडान गरी नेपाली स्वदेश फर्काउनेछ । सोही अवधिभर मालिन्दो एयरले पनि दैनिक दुई उडान गर्ने जनाइएको छ ।

प्रकाशित मिति : ३० असार २०७७, मंगलबार  ५ : १५ बजे

टी-२० विश्वकपमा भारत-पाकिस्तान भिडन्त : टस जितेर पाकिस्तानद्वारा पहिले बलिङको निर्णय

काठमाडौं । आईसीसी टी-२० विश्वकपअन्तर्गत क्रिकेट जगतकै सबैभन्दा चर्चित प्रतिस्पर्धामध्ये

उद्योग, समाजसेवा र राजनीतिमा उभिएको व्यक्तित्व : चुन्नप्रसाद शर्मा पौडेल

बुटवल । समयको प्रवाहसँगै धेरै मानिसहरू जन्मन्छन् र हराउँछन्, तर

अधिकांश दलले सार्वजनिक गरे निर्वाचन घोषणापत्र

काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी हुने अधिकांश राजनीतिक

दलहरूलाई निर्वाचन आयोगको ६४ बुँदे निर्देशन – प्रचारदेखि आचारसम्म कडाइ

काठमाडौं । निर्वाचन आयोग ले फागुन २१ गते हुने निर्वाचनलाई

रुकुमको समग्र विकासका लागि उम्मेदवार बनेर आएँ : प्रचण्ड

रुकुमपूर्व। नेपाली कम्युनिष्ट पार्टी का संयोजक पुष्पकमल दाहाल प्रचण्डले पुथा