२५ फाल्गुन २०८२, सोमबार | March 9, 2026

नतिजामुखी ढंगले बजेट खर्च गर्न मुख्यमन्त्री पोखरेलको निर्देशन



बुटवल । मुख्यमन्त्री शंकर पोखरेलले विनियोजन भएको बजेट नतिजामुखी ढंगले खर्च गर्न निर्देशन दिएका छन् ।

प्रदेश सरकारका मन्त्रालयहरु तथा विभिन्न निकायहरुको वार्षिक कार्यक्रम कार्यान्वयन कार्ययोजना प्रस्तुतीकरण तथा छलफल कार्यक्रममा मुख्यमन्त्री पोखरेलले यस्तो निर्देशन दिएका हुन् ।

पोखरेलले बजेट माग गर्ने तर विनियोजन भएको बजेट नतिजामुखी ढंगले खर्च नगर्ने प्रवृतिलाई पूर्णतःअन्त्य गर्न र नागरिकको प्रत्यक्ष लाभलाई मन्त्रालयहरुले ध्यान दिनुपर्ने बताए ।

समयमा बजेट आएपनि बजेट कार्यान्वयनमा ढिलाई भइरहेकोले त्यसतर्फ सुधार गर्न मुख्ममन्त्रीले आग्रह गरे । “आर्थिक वर्षको अन्त्यतिर मात्रै बजेट खर्च गर्ने प्रवृति अन्त्य हुुनुपर्छ”, उनले भने ।
मुख्यमन्त्री पोखरेलले कोभिड—१९ आत्मनिर्भरताको लागि अवसर भएकाले मन्त्रालयहरुले आत्मनिर्भरताका लागि योजना र कार्यक्रम ल्याउन निर्देशन दिए। “कोभिडले तत्कालका लागि समस्या ल्याएपनि दीर्घकालका लागि अवसर ल्याएको छ, त्यो अवसरलाई हामीले बुझेर काम गर्नुपर्ने बेला आएको छ,—उनले भने ।

कृषिको व्यवसायिकरणका लागि ध्यान दिन र त्यसका लागि किसान लक्षित कार्यक्रमलाई प्रभावकारी बनाउन मुख्यमन्त्रीले निर्देशन दिए ।

“कृषिमा नयाँ संभावनाको खोजी गर्नुस्,कृषिका कार्यक्रम लक्षित समूहसम्म पु-याउनुस्, त्यसो भयो भने कृषिबाट संमृद्धिको यात्रा संभव छ—उनले भने।
पोखरेलले सडक पूर्वाधार विकासलाई मात्रै प्राथमिकता दिनुको साटो खानेपानी र सिंचाईका आयोजनालाई पनि महत्पूर्ण ठानेर प्राथमिकतासाथ काम गर्नुपर्ने बताए ।

संघ र प्रदेशबीच दोहोरोपन नहुनेगरी योजना र कार्यक्रम अघि बढाउन निर्देशन दिदै दोहोरोपनाले बजेट खर्च हुने तर बजेट खर्च भए अनुसार नतिजा नदेखिने प्रवृति रहेको बताए ।

डिजिटल प्रदेश बनाउने योजना प्रदेश सरकारको भएकोले मन्त्रालयहरुले दिने सेवा प्रवाहका काममा प्रविधिको प्रयोग बढाउन र नागरिकसंग जोड्न आग्रह गरे ।

बार्षिक विकास कार्यक्रम कार्यान्वयन कार्ययोजना प्रस्तुतीकरण तथा छलफल कार्यक्रममा मन्त्रीहरु, योजना आयोगका पदाधिकारी,प्रमुख सचिव, सचिव र महाशाखा प्रमुखहरुको सहभागी रहेको थियो ।

प्रकाशित मिति : ३० असार २०७७, मंगलबार  ९ : ४६ बजे

धनुषा-१ को परिणाम घोषणा ढिलाइप्रति नेकपाको असन्तुष्टि, विजयी उम्मेदवारलाई प्रमाणपत्र दिन माग

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले निर्वाचन आयोगले धनुषा निर्वाचन

‘म्यागासेसे’ को संसद् यात्रा…

म्याग्दी । सामाजिक अभियान्ताको पहिचान बनाएका महावीर पुनले जिल्लाबाट प्रतिनिधिसभाको

‘नयाँ सरकारले निराशालाई आशामा बदल्नु पर्छ ’

चितवन । प्रतिनिधिसभा निर्वाचन २०८२ को मतपरिणाम अन्तिम चरणमा पुग्दै

सर्लाहीमा पूर्व मन्त्रीसहित १२४ जनाको जमानत जफत

सर्लाही । प्रतिनिधिसभा सदस्य निर्वाचनमा सर्लाहीको चार वटै निर्वाचन क्षेत्रबाट

लुम्बिनी प्रदेशका २६ निर्वाचन क्षेत्रमध्ये २१ स्थानमा रास्वपाका उम्मेदवार विजयी

भैरहवा । लुम्बिनी प्रदेशका १२ जिल्लामा रहेका प्रतिनिधिसभाका २६ निर्वाचन