६ कार्तिक २०८३, शुक्रबार | October 23, 2026

तपाईं सेवा लिन सरकारी कार्यालय जाँदै हुनुहन्छ ? सावधान ! तपाईं संक्रमित भएर फर्कन सक्नुहन्छ



बुटवल । असार १ गतेबाट लकडाउन खुकुलो बनाएपनि समाजिक दुरी र मास्क नलगाई हिँडडुल गर्न नपाईने सरकारको घोषणा सरकारी निकायले नै धज्जी उडाईदिएका छन् ।

मास्क नलगाएका नागरिक र सामाजिक दुरी कायम नभएको स्थान खोज्न जानु परे सरकारी कार्यालय पुगे हुन्छ ।

सामाजिक दुरी र मास्क बिना सार्वजानिक स्थानमा आवतजावत गर्न नपाउने सरकारको निर्देशनलाई रुपन्देहीको यातायात ब्यवस्था कार्यालय र मालपोत कार्यालयले धज्जी उडाएका छन् ।

कम्तीमा २ मिटरको सामाजिक दुरी कायम गरी यात्रा गर्ने वा सेवा लिने, सार्वजानिक स्थानमा निस्कनु पर्दा अनिवार्य मास्क लगाउनु पर्ने तथा संघ, संस्था कार्यलयहरुमा स्वास्थ्य सुरक्षाका लागि सेनेटाईजर लगाएर मात्र प्रवेश हुन पाउने सरकारी निर्देशन सरकार मातहतका टेलिकमको रिङ्ग टोन, रेडियो, टेलिभिजनहरुले फुकेकोफुकेई छन् । सरकारको निर्देशन उल्लङ्घन गर्नेलाई संक्रमक ऐन बमोजिम कारवाहि गर्ने भनेर पनि गृह मन्त्रालयले निर्देशन जारी गरेकै छ ।

सरकारले संक्रामक ऐन नै देखाएर सर्वसाधारणको जमघट हुने बैंकट, पार्टीप्यालेस, जीमखाना, ब्यायामशाला जस्ता निकायहरुलाई सरकारले सञ्चालन गर्न प्रतिबन्ध लगाएको छ । सरकार कै आदेशमा सिनेमा घर , रङ्गशाला, नाचघर जस्ता निकायहरुपनि बन्द छन् ।

तर संक्रामक ऐन देखाएर निजी तथा संघ संस्थाहरुले सञ्चालन गरेका सबै निकायलाई बन्द गराएर असार १ बाट खुलेका सरकारी कार्यालयहरुले आफ्नै सरकारले गरेको निर्णय आराम साथ उल्लंघन गरेका छन् ।

रुपन्देहीको यातायात व्यवस्था कार्यालयमा हरेक दिन २ देखि ३ हजार सेवाग्रही सेवा लिन आउँछन् । उनीहरुलाई सेवा दिन बसेको कार्यालयले भने सरकारले ताकेको कुनै पनि मापदण्ड पुरा गरेको छैन ।

निर्वाध प्रवेश गर्नेदेखि कार्यालयका कर्मचारीसँग टाउकै ठोकिने गरी सेवा लिने सेवाग्रहीको घुईंचो हरेक दिन हुने गरेको छ ।

यातायात व्ययवस्था कार्यालयमा सेवा लिन पुगेका सेवाग्रही मात्र होईन त्यहाँ कार्यरत कर्मचारीहरु पनि कुनै पनि बेला कोरोना संक्रमणको चपेटामा पर्न सक्ने सम्भावना देखिएको छ । यातायात ब्यवस्था कार्यालयमा कोहि १ जना संक्रमित सेवा लिन कार्यालय पुगेको अवस्थामा सिङ्गो रुपन्देही कन्ट्याक्ट ट्रेसिङमा पर्ने निश्चित जस्तै बनेको छ । १ जना संक्रमित मात्र कार्यालयमा पुगेको अवस्थामा रुपन्देहीलाई क्षणभरमा कोरोना इपिसेण्टर बनाउने पक्कापक्की जस्तै देखिन्छ ।

कार्यालयमा यति विधि असुरक्षा हुँदा पनि कार्यालय प्रमुखले भने नागरिक आफै सचेत बन्नु पर्ने बताउँछन् । सामान्य ८,१० जना मजदुर भएको उद्योग कलकारखाना खोल्दा स्वास्थ्य सुरक्षाको मापदण्ड बिना खोल्न नपाउने फर्मान गर्ने सरकारले आफ्नै कार्यालयमा भने नागरिक सचेतना मात्र खोजेर उम्कन खोज्छ ।

त्यसो त यातायात व्यवस्था कार्यालय, सवारी शाखा रुपन्देहीका निमित्त कार्यालय प्रमुख जनार्दन अधिकारीले सरकारसँग न्युनतम स्वास्थ्य सुरक्षाको समाग्री माग गरी पठाउँदा पनि उपलब्ध नभएको गुनासो गर्छन् ।

अधिकारीका अनुसार कर्मचारी सुरक्षाका लागि आवश्यक स्वास्थ्य समाग्री माग गरेर प्रदेश सरकारको भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयमा कार्यालय खुलेकै भोलिपल्टै माग गरी पठाईएको थियो । तर सरकारले कार्यालय खोल्न त भन्यो, तर सुरक्षा सामाग्री नपठाएको कार्यालय प्रमुखको भनाइ छ ।

यातायात मात्र होईन सरकार अन्तर्गत असार १ देखि खुलेका मालपोत, नापी, टेलिकम, विद्युत जता हेयो त्यतै बेथिती देखिन्छ ।

गृह मन्त्रालयले मास्क नलगाउने र सामाजिक दुरी कायम नगर्नेहरु माथि कारवाही चलाउन ७७ जिल्लाकै जिल्ला प्रशासन कार्यालय र प्रहरीलाई निर्देशन गरेको छ ।

तर एकआध जिल्लाहरुमा संक्रामक ऐन उल्लंघन विरुद्ध कारवाहि थालिएपनि रुपन्देहीमा भने गृह मातहतको प्रशासन कानमा तेल हालेर बसेको छ ।

रुपन्देहीको बुटवल स्थित कार्यालयमा भएको लापरवाहीको बिषयमा बुझ्न खोज्दा ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरिक्षक प्रतितसिंह राठौर आफुलाई बोल्ने अनुमति नभएको भन्दै पन्छिन्छन् ।

सरकारी कार्यालयहरुले गाईजात्रा देखाईरहँदा सरकारको निर्णय पालना गर्न बाध्य हुने भनेको सर्वसाधारण नागरिक मात्रै हो त ?

 

प्रकाशित मिति : ३१ असार २०७७, बुधबार  १२ : १७ बजे

सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम निर्माण : सिंचाइमा सहज

तुलसीपुर । दाङको तुलसीपुर उपमहानगरपालिका-१८ स्थित रानी सामुदायिक वन क्षेत्रमा

दसैँको टीकाको तेस्रो दिन पनि टीका थाप्ने र आशीर्वाद लिने क्रम जारी

काठमाडौं । विजया दशमीको टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट

चीनको सिजाङ स्वायत्त क्षेत्रमा ७.० म्याग्निच्युडको भूकम्प

चीन । चीनको सिजाङ स्वायत्त क्षेत्रमा भूकम्पको धक्का महसुस भएको

हानिनोक्सानी कोषबाट नेपाललाई २० मिलियन अमेरिकी डलर अनुदान

काठमाडौँ । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको

पुनःनिर्माणमा बजेटको कमी हुँदैन : मन्त्री लम्साल

म्याग्दी । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले मनसुनजन्य विपद्बाट क्षतिग्रस्त कालीगण्डकी