१९ आश्विन २०७९, बुधबार | October 5, 2022

तिलोत्तमाको मगरघाटमा किरियापुत्री भवन निर्माण



तिलोत्तमा । नेपाल विद्युत प्राधिकरण बुटवल–लुम्बिनी १३२ केभी प्रसारणलाइन आयोजनाले तिलोत्तमा नगरपालिकाको वडा नं. ३ मगरघाटमा किरियापुत्री भवन निर्माण गरेको छ । आयोजनाले सामाजिक उत्तरदायित्व अन्तर्गत् दुई कोठे भवन निर्माण गरी नगरपालिकामार्फत् मगरघाट विकास तथा व्यवस्थापन समितिलाई बुधबार हस्तान्तरण गरेको हो ।

आयोजना प्रमुख हरिप्रसाद पाण्डेले तिलोत्तमा नगर प्रमुख बासुदेव घिमिरेमार्फत् समितिका अध्यक्ष पदमप्रकाश रानालाई भवन हस्तान्तरण गर्नुभयो । आयोजनाले भवनसँगै मगरघाटमा विद्युत् ट्रान्सफर्मर समेत राखिदिएको छ । भविष्यमा बन्न सक्ने विद्युतीय शवदाह गृहको आवश्यकतालाई समेत पूरा गर्नेगरी आयोजनाले विद्युत् ट्रान्सफर्मरको व्यवस्था मिलाएको हो ।

किरियापुत्री भवन र ट्रान्सफर्मरको लागत झण्डै २५ लाख रहेको आयोजनाले जानकारी दिएको छ । कार्यक्रममा तिलोत्तमा नगर प्रमुख बासुदेव घिमिरेले सामाजिक उत्तरदायित्व अन्तर्गत् आयोजनाले निर्माण गरेको किरियापुत्री भवनबाट सबैले लाभ लिनसक्ने उल्लेख गर्नुभयो ।

योगिकुटीबाट १३२ केभी लाइन सियारी गाउँपालिकाको वडा नं. २ मैनहिया पुर्याएर सव–स्टेशन निर्माण गर्नेगरी विद्युत् प्राधिकरणले यो आयोजना सुरु गरेको हो । योगिकुटीदेखि मगरघाटसम्म १३२ केभी विद्युत् लाइन अन्डरग्राउण्ड गरी लैजाने र त्यसपछि टावरमार्फत् मैनहियासम्म पुर्याउने गरी काम भैरहेको छ ।

प्रकाशित मिति : ३१ असार २०७७, बुधबार  ३ : २९ बजे

टिमुरे खोलामा रेन्बो ट्राउट माछापालन

गलेश्वर । म्याग्दीको मालिका गाउँपालिका-३ डाँडागाउँको पुछारमा रहेको टिमुरे खोलामा

मूर्ति विसर्जन र जल भर्ने क्रममा बर्सेनि मानिसको मृत्यु, छैन सुरक्षा व्यवस्था

लुम्बिनी । मूर्ति विसर्जन र जलभर्ने क्रममा नदीमा डुबेर बर्सेनि

निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित सम्पन्न गर्न सरकार प्रतिवद्ध छ : प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी मङ्सिर ४ गते हुन

राष्ट्रपति भण्डारीद्वारा बडादशैँको शुभकामना व्यक्त, राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सहयोग पुग्ने विश्वास

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालीहरूको महान् चाड बडादशैँ, २०७९

आज विजया दशमी, टीकाको उत्तम साइत बिहान ११ः५१ बजे

काठमाडौं । दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका