२१ बैशाख २०८१, शुक्रबार | May 3, 2024

रुपन्देहीमा थपियो किरियापुत्री भवन, विद्युतीय ब्यवसायी संघको नवनिर्मित भवनको उदघाटन



बुटवल । रुपन्देही विद्युतीय ब्यवसायी संघद्धारा नवनिर्मित सचिवालय तथा किरियापुत्री भवनको शुक्रबार एक समारोहका बीच उदघाटन गरिएको छ । रुपन्देहीको तिलोत्तमा ७ दल्कामा नवनिर्मित भवनको तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँडले उदघाटन गरे ।

सो अवसरमा बोल्दै नगरप्रमुख खाँडले ब्यवसायिक सोचबाट माथि उठेर संघले सामाजिक उत्तरदायित्व अन्तर्गत निमार्ण गरेको भवन उदाहरणीय र सर्वोत्तम कार्य भएको बताए । खाँडले नवनिर्मित भवनबाट आम तिलोत्तमाबासीले फाइदा लिन सक्ने बताए । उनले पछिल्लो समय मानवीय समबेदना हराउदै गैरहेको अवस्थामा रुपन्देही विद्युतीय ब्यवसायी संघले किरियापुत्री भवन बनाएर अनुपम कार्यको शुरुवात गरेको भन्दै प्रशंशा गरे ।

नेपाल विद्युतीय ब्यवसायी महासंघका अध्यक्ष रोशन प्रसाद देवकोटाको विशिष्ट आतिथ्य रहेको कार्यक्रममा पुर्व अध्यक्ष, सल्लाहकार, विभिन्न जिल्ला र क्षेत्रबाट आएका पदाधिकारी, संघका रुपन्देही र तिलोत्तमाका कार्यसमिति सदस्य लगायतको सहभागिता रहको थियो ।

प्रकाशित मिति : ९ चैत्र २०८०, शुक्रबार  १० : ०७ बजे

झापामा १२को परीक्षा दिएर फर्किदै गरेकी छात्रामाथि गोली प्रहार

झापा। झापाको दमक स्थित हिमालय माध्यमिक विद्यालयमा परीक्षा दिएर फर्कदै

महानगरपालिकाको श्रम बैंकबाट चार सयभन्दा बढीले पाए रोजगारी

काठमाडौं । काठमाडौं महानगरपालिकाले खोलेको श्रम बैंकमार्फत चार सय ३०

नेपालमा साइबर अपराधसम्बन्धी कानुन र अभ्यास

आजको डिजिटल युगमा डिजिटल माध्यमको प्रयोगसँगै साइबर अपराध समेतको बढ्दो

बाँकेमा ११ महिनामा १२ सुत्केरीको पर्याप्त उपचार नपाएर मृत्यु

नेपालगन्ज । मेडिकल हवकारुपमा दाबी गरिएको बाँकेमा चालु आर्थिक वर्षमा

नाबालिकालाई वेश्यावृतिमा लगाएको अभियोगमा दुई जना पक्राउ

काठमाडौं । नाबालिकालाई वेश्यावृतिमा लगाएको अभियोगमा २ जनालाई मंगलबार दिउँसो