१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

बाँकेको डुडुवामा सलह आईपुग्यो, गाँउलेहरु आतंकित



बाँके । बाँकेको डुडुवा गाउँपालिकामा सलह किरा प्रबेश गरेको छ । भारतको श्रावस्ती जिल्लादेखि नेपाल प्रबेश गरेको नरैनापुर गाउँपालिकाको गंगापुर हुदै आज बुधबार डुडुवामा प्रबेश गरेको हो । डुडुवा गाउँपालिका वार्ड नं. १ को कुडवा गाउँमा करिब ५ लाख बढी सलह देखिएको स्थानीय कृषकलाई उदृत गर्दै गाउँपालिका कृषि शाखा प्रमुख शुसिल शर्माले जानकारी दिएका छन् ।

डुडुवामा सलह किरा देखिएपछि किसानहरु चिन्तित बनेका छन । भर्खरै किसानले रोपेको धान तथा अन्य तरकारी बालीमा सलह किराले सखाप बनाउने भन्ने डरले चिन्तित बनेका किसानले त्यसको नियन्त्रणका लागि सम्वन्धित निकायसंग गुहार मागेका छन ।

डुडुवामा सलह किरा देखिएपछि गाउँपालिकाले जिल्लास्थित प्रहरी प्रशासन, कृषि ज्ञान केन्द्र, लगायत निकायमा जानकारी गराइएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत प्रशुराम उपाध्यायले बताए । उनले सलह किरा एक्कासी प्रबेश गरेपछि कृषिबालीलाई निकै क्षती पुरयाउने भएकाले किसानहरु आफै सर्तकता अपनाएर जोखिमबाट बच्न आग्रह गरे ।

सलह किरा संकलन गर्नेलाई गाउँपालिकाले प्रतिकिलो रु २० मा उपलब्ध गराउने निर्णय यस अघि नै भईसकेको प्रमुख प्रशासकिय अधिकृत उपाध्यायले बताए । आज देखिएको सलहलाई किसानहरुले विभिन्न उपाय अपनाएर धपाउनमा जुटेका छन ।

प्रकाशित मिति : ३१ असार २०७७, बुधबार  ११ : ०४ बजे

टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न सर्वोच्च अदालतबाट अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न

बजारमा निम्न गुणस्तरको वाईवाई चाउचाउ, चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौँ महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

पूर्वमन्त्री आलमलाई जन्मकैदको सजाय

काठमाडौं । पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय भएको छ

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम