१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

आवश्यक कागजात पेश गर्न नसक्दा एनआरएनए टर्की राष्ट्रिय समिति गठन प्रक्रिया रोकियो



लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए)को विधान र ऐन अनुसार काजजात पेश गर्न नसकेपछि टर्की राष्ट्रिय समिति गठन प्रकृया रोकिएको छ ।

टर्की नेपाली समाजका अध्यक्षसमेत रहेका उज्वलकुमार घिसिङको अध्यक्षतामा प्रस्तावित १९ सदस्यीय तदर्थ समिति गठन गर्न खोजिएको थियो । तर, पदाधिकारीले नियमसंगत कागजपत्र पेश गर्न नसकेपछि समिति गठन प्रकृया रोकिएको हो ।

एनआरएनए अध्यक्ष कुमार पन्तको अध्यक्षतामा गत आइतवार सम्पन्न पदाधिकारी बैठकले संघको विधान अनुरुप कागजात नपुगेका सदस्यहरुलाई पुनः कागजात पेश गर्न अवसर दिने निर्णय गरेको थियो । तर, प्रकृया नपुगेका सदस्यहरुलाई तदर्थ समितिको सदस्यको रुपमा मान्यता नदिने पनि निर्णय भएको थियो ।

एनआरएनएको विधान र ऐनले विद्यार्थी, अस्थायी भिसा (ट्रान्जिट, पर्यटक) मा रहेकाहरुलाई सदस्यको रुपमा चिन्दैन ।

टर्कीको प्रस्तावित समितिको अधिकांश सदस्यले पेशा, रोजगारी वा व्यवसाय गरी दुई वर्ष बसेको प्रमाण देखाउन सकेका छैनन् । टर्कीमा करिब ६ हजार नेपाली रहेको अनुमान छ, तर गैरआवासीय नेपाली संघको मान्यता पाउँ भनेर निवेदन दिने प्रायः सबै अस्थायी भिसामा छन् ।

विधानको दफा ५१ अनुसार गैरआवासीय नेपाली भन्नाले नेपाली मुलको विदेशी नागरिक वा दुई वर्षभन्दा बढी सार्क मुलक बाहेकका देशमा पेशा, रोजगारी वा व्यवसाय गरी बसोबास गर्ने नेपाली नागरिकलाई जनाउँछ । गैरआवासीय नेपाली संघको पन्जिकृत सदस्यहरुले समेत आफु विदेशमा दुई वर्ष बसेको प्रमाण र स्थायी ठेगाना संघलाई देखाउनुपर्ने प्रावधान छ ।

यसअघि गैरआवासीय नेपाली संघ युकेका करिब १३ हजार सदस्यलगायत विश्वभरका ८० हजार सदस्यहरुले आआफ्नो भिसा र ठेगाना पेश गरेर साधारण सदस्यता प्राप्त गरेका थिए ।

संघका महासचिव डा. हेमराज शर्माले गैरआवासीय नेपाली संघ टर्की राष्ट्रिय समितिको तदर्थ समिति गठन प्रकृयामा रहेको बताए । डा. शर्माले भने, ‘हामी जति सक्दो चाडो समिति गठन गर्नुपर्छ भन्नेमा पक्षमा छौं । वैधानिक प्रकृया पूरा गरेपछि संघको शाखाले मान्यता पाउँछ ।’

हाल विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमणका कारण समस्यामा परेपछि संघको गत हप्ता सम्पन्न पदाधिकारी बैठकले आर्थिक सहयोग गर्ने निर्णयसमेत गरेको थियो ।

टर्कीमा धेरैजसो अवैधानिक रूपमा बस्दै आएका नेपाली छन् । त्यसमध्ये पनि धेरै नेपालीहरु तेस्रो देशमा जानको लागि प्रतिक्षारत रहेको बताइन्छ ।

संघको कान्छो मध्यको गैरआवासीय नेपाली संघको माल्टा राष्ट्रिय समिति गठनमा प्रयाप्त गृह कार्य नगरेको र पदाधिकारीहरु मानव तस्करमा मुछिएपछि नयाँ सदस्य बन्ने देशलाई संघले कडाई गर्न लागेको हो ।

प्रकाशित मिति : १ श्रावण २०७७, बिहिबार  ११ : ११ बजे

अर्थ र उर्जामन्त्रीसँग कर्णालीका मुख्यमन्त्रीले राखे ६ बुँदे माग

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले अर्थमन्त्री वर्षमान पुन

चीन भ्रमण गर्ने योजनामा पुटिन

मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आगमी मे महिनामा चीन

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित

काठमाडौ । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको

रेशम चौधरीको मुद्धामा मिसिल झिकाउन आदेश

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा पूर्व सांसद रेशमलाल

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको अभावमा राजनीतिक स्वतन्त्रता प्राप्त हुन सक्दैन् : सञ्चारमन्त्री शर्मा

ललितपुर । सञ्चार, सूचना तथा प्रविधिमन्त्री रेखा शर्माले प्रेस स्वतन्त्रता