२४ मंसिर २०८२, बुधबार | December 10, 2025

यातायात क्षेत्रको समस्या समाधान पहल गरिदिन व्यवसायीहरुबाट प्रचण्डसँग आग्रह



काठमाडौं । यातायात व्यवसायी तथा मजदुरले यातायात क्षेत्रमा देखिएको विद्यमान समस्या समाधानको पहल गरिदिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गरेका छन् ।

यातायात क्षेत्रको वर्तमान समस्या समाधान गर्नका लागि निर्माण गरिएको कार्यदलले आज बिहान प्रचण्डलाई भेटेर यातायात क्षेत्रको विद्यमान समस्या समाधानका लागि भूमिका निर्वाह गरिदिन आग्रह गरेका हुन् ।

व्यवसायी तथा मजदुरले बैंक तथा वित्तीय संस्थाको किस्ता स्थगन गर्नुपर्ने, पुनःकर्जाको व्यवस्था गर्नुपर्ने, कागजात नवीकरणलाई सहज बनाउनुपर्ने, श्रमिकलाई नियमित निःशुल्क स्वास्थ्य परीक्षणको व्यवस्था गर्नुपर्ने, कोरोना बीमामा सरकार र व्यवसायीको ५० प्रतिशत योगदान हुनुपर्ने, यातायात मजदुरलाई स्वास्थ्य सामग्री तथा पिपिइ व्यवस्था मिलाउन मागसमेत गरेका छन् ।

भेटमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष तथा पदाधिकारी र तीनवटै मजदुर ट्रेड युनियनका अध्यक्षको सहभागिता रहेको थियो ।

भेटपछि अध्यक्ष प्रचण्डले यातायात क्षेत्रमा दीर्घकालीनरूपमा गर्नुपर्ने कामलाई नीति बनाएर गरिने तथा कोरोनाको सङ्क्रमबाट बन्द रहेका यातायातलाई सुरक्षितरूपमा खुलाउने बारेमा तत्काल पहल थाल्ने विश्वास दिलाएको महासङ्घका महासचिव सरोज सिटौलाले जानकारी दिनुभयो ।

भेटमा यातायात व्यवसायीले सरोकारवाला व्यक्तिलाई समेटेर यातायात प्राधिकरण स्थापना गर्नसमेत माग गरेका थिए ।

कार्यदलले यातायात क्षेत्रको विद्यमान समस्या समाधानका लागि बुधबार संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेका थिए ।

उक्त कार्यदलले आजै प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व प्रधानमन्त्रीहरुसँगसमेत भेट्ने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : १ श्रावण २०७७, बिहिबार  ११ : २१ बजे

रुपन्देही–३ मा कांग्रेसबाट खाणसहित छ जना सिफारिस

बुटवल । नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा

नवीनतम यान्त्रिक सिँचाइ आयोजना सञ्चालन गर्न छुट्टै सिँचाइ व्यवस्थापन कम्पनी स्थापना गरिने

काठमाडौं । सरकारले नवीनतम यान्त्रिक सिँचाइ आयोजना सञ्चालनका लागि सिँचाइ

भन्सार एजेन्टको आन्दोलनले जाँच‘पास’ रोकियो

वीरगञ्ज । भन्सार ‘एजेन्ट’को आन्दोलनले भन्सार जाँचपास प्रभावित भएको छ

निर्वाचनलाई मानव अधिकारमैत्री बनाउन सबैको सहयोग हुनुपर्छ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी फागुन २१ गते हुने

बागलुङमा धान उत्पादनमा बढ्यो

बागलुङ । यसवर्ष बागलुङमा धान उत्पादन बढेको छ । समयमा