१० चैत्र २०७९, शुक्रबार | March 25, 2023

औषधि व्यवसायीको आन्दोलन जारी, औषधिको आयात निरुत्साहित गर्न माग



काठमाडौं । औषधि र औषधिजन्य वस्तुको आयातलाई प्रोत्साहन गर्ने गरी गरिएको निर्णय फिर्ता लिन माग गर्दै नेपाल औषधि उत्पादक संघको आन्दोलन जारी रहेको छ ।

स्वदेशी उद्योगलाई मात्र भार पर्ने गरी कच्चापदार्थको आयात सिफारिसमा असामान्य रुपमा १२ गुणा वृद्धि गरी विदेश आयातलाई प्रोत्साहन गर्न गरिएको निर्णय फिर्ता लिन माग व्यवसायीहरुको छ ।

असार २९ गतेबाट विभिन्न माग राख्दै धर्नामा बसेका व्यवसायीहरुले बिहीबार पत्रकार सम्मेलन गरेका छन् । स्यानीटाइजरमा नेपाली औषधी उद्योग आत्मनिर्भर भएको अवस्थामा पनि बिना दर्ता र गुणस्तर परीक्षण विक्रि गर्न दिने निर्णय फिर्ता लिन संघले माग गरेको छ ।

विभिन्न ३० वटा उत्पादनको कच्चापदार्थ मात्रै आयात गर्ने गरी निर्णय भएपनि त्यसको कार्यान्वयन नभएको संघका महासचिव विप्लव अधिकारीले बताए । प्रविधिजन्य स्वास्थ्य सामग्री र उपकरण सम्बन्धि निर्देशिका २०७४ अनुसार औषधि व्यवस्था विभागले नियमन गर्ने गरी निर्णय भएपनि मास्क, निसंक्रमक, पीपीई, भिटियम लगायतका वस्तु नेपालमै उत्पादन हुन सक्ने भएपनि प्रोत्साहन नगरिएको अधिकारीले गुनासो गरे ।

अन्य देशहरुले कठिन समयमा औषधि निकासी रोक्न सक्ने तर नेपाल सरकारले आत्मनिर्भर भइसकेको औषधिको आयात समेत रोक्न नसक्ने, नपालमा सजिलै बन्न सक्ने र मागअनुसार आपूर्ति गर्न सकिने औषधिको विकास तर्फ सरकारले ध्यान नदिएको उनले बताए ।

उद्योग वाणिज्य महासंघका उपाध्यक्ष उमेशलाल श्रेष्ठले सरकारको नीति र नियतमा खोट रहेको बताए । सरकारको नीति विरुद्धको लडाई सित्तैमा रोक्न नहुने उनको धारणा थियो । विगत वर्षहरुमा सरकारले झुठा आश्वासन दिएर फकाउँदै आएको भएपनि अब त्यस्तो हुन नहुने बताए ।

औषधि उत्पादक संघले स्वदेशी उद्योगको जीएमपी प्रमाणिकरणका लागि निरीक्षण पश्चात पनि महिनौसम्म कुर्नुपर्ने तर विदेशी उद्योगको हकमा हप्तादिनमा दर्जनौ उद्योगको निरीक्षण गरी प्रमाणिकरण गरिएकोले पनि स्वदेशी उद्योग निरुत्साहित भएको प्रमाणित हुने बताएको छ ।

देशलाई औषधिमा आत्मनिर्भर बनाउन स्वदेशी उद्योगलाई प्रोत्साहन गरी विकास गर्न संघको आग्रह छ ।

प्रकाशित मिति : १ श्रावण २०७७, बिहिबार  ४ : ४० बजे

भैरहवामा पहिलो पटक इण्डो–नेपाल बक्सिङ खेल

भैरहवा । शनिबार भैरहवामा इण्डो(नेपाल बक्सिङ खेलको आयोजना हुने भएको

बीपीसीको विद्युत् महसुल निर्धारण प्रस्तावमा जनप्रतिनिधिको असन्तुष्टि

बुटवल । बुटवल पावर कम्पनी लिमिटेडले विद्युत् नियमन आयोगसमक्ष विद्युत्

कञ्चपुरकी एक महिलाको बाघको आक्रमणबाट मृत्यु

धनगढी । नेपालको कैलाली(कंचनपुरसंग सीमा जोडिएको दुधवा नेसनल पार्क भित्र

आम जनता पार्टी र माओवादी समाजवादीबीच एकता

काठमाडौं । प्रभु साह नेतृत्वमा आम जनता पार्टी र नेकपा

बागमती प्रदेशका मुख्यमन्त्री जमकट्टेललाई विश्वासको मत प्राप्त

हेटौँडा । बागमती प्रदेशको मुख्यमन्त्री शालिकराम जमकट्टेलले विश्वासको मत प्राप्त