६ श्रावण २०८३, बुधबार | July 23, 2026

प्रतिबन्धित औषधि बिक्री गरेको आरोपमा काठमाडौंबाट एक युवती पक्राउ



काठमाडौं । काठमाडौं महानगरपालिका–३ स्थित सामाखुसीबाट प्रतिबन्धित औषधि बिक्री गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । अनुमति बिना सञ्चालित फार्मेसीमा उपत्यका अपराध अनुसन्धान कार्यालयले छापा मारेको हो ।

‘निरुपा फार्मेसी’मा छापा मारेर सञ्चालिका सुस्मा थापालाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

फार्मेसी संचालिका गोरखा घर भएकी २९ वर्षीया सुस्मा मेडिकल पर्सन नभए पनि चिकित्सकको सिफारिसमा मात्र प्रयोग गर्न मिल्ने नियन्त्रित औषधि लागूऔषध प्रयोगकर्तालाई बेच्ने गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

फार्मेसीबाट प्रहरीले ट्रामाडोल क्याप्सुल ८१० थान, डिसाइसिओमिन ट्याब्लेट ९८० थान, डेक्स्ट्रोमेथोराफान २६५ ट्याब्लेट, स्टागन ट्याब्लेट ५३१ थान र गाबिक्स ट्याब्लेट १४२ थान सहित उल्लेख्य मात्रामा नियन्त्रीत औषधी बरामद गरेको छ ।

आरोपीलाई औषधी ऐन–२०३५ अनुसारको कसुरमा कारबाहीका लागी औषधी व्यवस्था विभागमा बुझाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १४ भदौ २०७९, मंगलबार  ८ : ५३ बजे

राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै हो : सभापति थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजनीति र धर्मको

बुटवलबाट रिभल्वर र गोली सहित तुङसिङ मगर पक्राउ

बुटवल । बुटवलबाट रिभल्वर र गोली सहित एकजना पक्राउ परेका

हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु

काठमाडौँ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले हदबन्दीभन्दा बढी जग्गा

शंकर ग्रुपका अध्यक्ष अग्रवाल पक्राउ

काठमाडौं । बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार रहेका व्यवसायी तथा शंकर

शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क