६ श्रावण २०८३, बुधबार | July 23, 2026

नेपालमै उत्पादन हुने औषधि आयातमा रोक लगाउन व्यवसायीको माग



काठमाडौं । नेपालमा उत्पादन हुने औषधि आयातमा रोक लगाउन माग गर्दै औषधि व्यवसायीहरु बुधबार पनि आन्दोलनमा उत्रिएका छन् ।

व्यवसायीहरुले औषधी आयात र बिक्रि वितरणमा प्रतिबन्ध लगाउनुपर्ने माग गरेका छन् । उनीहरुले आफुहरुसँग सरकारले यसअघि पटकपटक गरेको सम्झौता कार्यान्वयन नगरेको आरोप लगाएका छन् ।

व्यवसायीहरुले औषधिजन्य वस्तुको दर्ता र गुणस्तरमा सम्झौता गर्न नहुने, गुणस्तरहीन औषधि आयात र विक्रि वितरणमा प्रतिवन्ध लगाउनुपर्ने माग पनि गरेका छन् ।

नाकाबन्दी र भूकम्पको समयमा समेत औषधि अभाव हुन नदिएको स्मरण गर्दै नेपाल औषधि उत्पादक संघका पूर्व अध्यक्ष उमेशलाल श्रेष्ठले औषधि उद्योगमाथि सरकारले कुदृष्टि परेको बताए ।

व्यवसायीहरुले गत असार २२ गते सेनिटाइजर दर्ताको म्याद तीन महिना थप्ने निर्णय गरेकोमा आपत्ति जनाएका छन् । श्रेष्ठले नेपालमा अहिले पनि सेनिटाइजरको गुणस्तरीय र व्यवस्थित रुपले उत्पादन भइरहेको बताए ।

सरकारले एकलौटी रुपमा औषधिमा दशौं गुणासम्म बढाइएको राजस्व खारेज गर्नुपर्ने, विनादर्ता र गुणस्तर स्यानिटाइजर बिक्री गर्दा जनताको स्वास्थ्यमा असर गर्ने भन्दै त्यसलाई रोक लगाउनुपर्ने उनीहरुको माग छ ।

प्रकाशित मिति : ३१ असार २०७७, बुधबार  १ : ४२ बजे

राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै हो : सभापति थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजनीति र धर्मको

बुटवलबाट रिभल्वर र गोली सहित तुङसिङ मगर पक्राउ

बुटवल । बुटवलबाट रिभल्वर र गोली सहित एकजना पक्राउ परेका

हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु

काठमाडौँ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले हदबन्दीभन्दा बढी जग्गा

शंकर ग्रुपका अध्यक्ष अग्रवाल पक्राउ

काठमाडौं । बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार रहेका व्यवसायी तथा शंकर

शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क