२३ श्रावण २०८३, शनिबार | August 9, 2026

अमेरिकन एयरलाइन्सले २५ हजार कर्मचारी कटौती गर्ने



एजेन्सी । अमेरिकन एयरलाइन्सले झण्डै २५ हजार कर्मचारी कटौती गर्ने भएको छ  । कोरोनाभाइरसको महामारीका कारण सेवा प्रवाहमा अत्यधिक कमी आएकाले कर्मचारीहरु कटौती गर्नुपर्ने भएको कम्पनीले जनाएको छ ।

निस्काशित हुन लागेकामध्ये झण्डै २९ प्रतिशत कर्मचारीहरु अमेरिकी रहेको पनि कम्पनीका अधिकारीहरुले जानकारी दिएका छन् । पदमुक्त हुन लागेका कर्मचारीहरुलाई दुई बर्षभन्दा बढीको विदा लिन वा अग्रिम अवकास लिन आग्रह पनि गरिएको छ ।

“कोरोनाभाइरसबाट सङ्क्रमितहरुको सङ्ख्या घटेको छैन, कतिपय राज्यहरुले निषेधात्मक व्यवस्थाहरुलाई फेरि सक्रिय बनाउन थालेका छन्, त्यसैले तत्काल पर्याप्त हवाई सेवा सञ्चालनमा आउने देखिदैन,” कम्पनीका प्रमुख कार्यकारी अधिकृत डोङ पार्कर र अध्यक्ष रोबर्ट इसोमले भने । कम्पनीले जुन महिनासम्ममा ८० प्रतिशतभन्दा बढी आम्दानी घटेको जानकारी दिएको छ ।

प्रकाशित मिति : १ श्रावण २०७७, बिहिबार  ६ : २० बजे

अमेरिका र इजरायल ‘खाडी राष्ट्रहरूलाई इरानविरुद्ध लगाउन’ खोजिरहेका छन् : राष्ट्रपति पेजेस्कियान

तेहरान । इरानी राष्ट्रपति मसूद पेजेस्कियानले इजरायल र संयुक्त राज्य

बाल्टिनको पानीमा डुबेर १८ महिनाका बालकको मृत्यु

कैलाली । कैलालीमा बाल्टिनमा डुबेर बालकको मृत्यु भएको छ ।

सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडक निर्माणले गति लिन्छ : मन्त्री लम्साल

अर्घाखाँची । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले आगामी दिनमा सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडक

काँकरभिट्टा नाकाबाट व्यापार घाटा ४० प्रतिशतले बढ्यो

झापा । पूर्वी नाका काँकरभिट्टाबाट हुने वैदेशिक व्यापारमा आयातसँगै व्यापार

बुटवल लेडीज जेसीजले विभिन्न सप्ताहव्यापी कार्यक्रमगरी जेसीज सप्ताह-२०२६ मनाउँदै

बुटवल । बुटवल लेडीज जेसीजले विभिन्न सप्ताहव्यापी कार्यक्रम आयोजना गरी